दूतावासको पत्रपछि विषादी परीक्षण रोक्ने निर्णय गलतः गौतम

काठमाडौँ–नेकपा निकट अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्राचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने केपी ओली सरकारको निर्णय गलत रहेको जनाएको छ । संघको संयोजक समेत रहेका नेकपा नेता बामदेव गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको निर्णयको आलोचना गरेको हो । विज्ञप्तिमा यो निर्णयले नेपाल सरकार भारतसँग आत्मसमर्पण गर्न पुगेको भन्ने भ्रम फैलन

आफ्नै घरमा डोजर चलाए मेयर द्वारिकालाल चौधरीले

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले डोजर लगाएर आफ्नै घरको कम्पाउण्ड पर्खाल भत्काएका छन् भ्रष्टाचारविरोधी अभियान्ताको छबि बनाएका मेयर चौधरीले आप्mनो घरको पर्खालले सडक छोएको भन्दै पर्खाल भत्काएका हुन् । उनले इटहरी उपमहानगरपालिका–१७ स्थित हाइवेसँगै रहेको आफ्नाे घर भत्काएका हुन् । उनले सडक क्षेत्रमा आफ्नाे घरको पर्खाल परेका कारण सरकारी जग्गा संरक्षण अनुरुप आफ्नै घरको पर्खाल

बधाइ छ नेपाललाइ । हंगकंगलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनौट

: हंगकंगलाई सहजै पराजित गर्दै नेपाल अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर -१९ एसिया कप खेल्न छनौट भएको छ। प्रतियोगिताको २०१७ संस्करण पनि नेपालले फाइनलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै जितेको थियो। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र ९६ रनको लक्ष्य दिएको थियो। ९७ रनको लक्ष्य

काठेखाेला गाउँपालिकाकाे कमी कमजाेरी सच्याउन काँग्रेसकाे माग

बागलुङ – जिल्लाकाे काठेखाेला गाउँपालिकालाई कमी कमजोरी सच्चाउन माग गर्दे नेपाली काँग्रेसले ज्ञापन पत्र बुझाएको छ । काठेखोला गाउँपालिका चालु आर्थिक वर्षमा गत वर्ष भन्दा भ्रष्ट र निरङ्कुश बन्दै गएकाले तत्काल कमजोरी सच्चाइ समान व्यवहार गर्नका लागि १२ बुँदे ज्ञापनपत्र बुझाईएको हो । गाउँपालिका भित्रका विभिन्न सडक, वडा भवन, स्वास्थ्य चौकी लगायतका योजनामा लापरवाहि गरेको,

नेपाली चेली निकिता थापा मगरले जितिन् ‘मिस टिन भारत’को उपाधि

अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत २०१९’ को उपाधि नेपाली चेली निकिता थापा मगरले चुमेकी छन् । भारतको विभिन्न प्रान्तबाट अनलाईन अडिसनबाट प्रतियोगी छनौट गरी दिल्लीको करोलबाघ मेट्रो भ्यू होटलमा कार्यक्रमको आयोजना गरिएको थियो । निकिताले भारतको सिलिगुडीबाट अडिसन दिएकी थिइन् भारत भरीबाट छनौट भएर आएका २९ प्रतियोगीहरुलाई

प्रधानमन्त्रीले झूट बोलेको खुलासा, साताअघि नै भारतको दबाबमूलक पत्र (पत्रसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दवाव नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नगर्नेसम्बन्धी कुनै पत्र नआएको दाबी गरेका थिए । जवकी काठमाडौंस्थित भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै असार १४

अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज

माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, ३ घाइते

घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा सुनकोसी गाउँपालिका–६ माख्लोटोलका २४ वर्षीया शर्मीला रम्तेलको ढिस्कोले पुरिएर मृत्यु भएकाे हाे । घटनामा परेर अरू ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया विमला रम्तेल, १८ वर्षीय बलराम

आफ्नै मन्त्रालयका सचिवले झुक्याए, त्यसैले विषादी परीक्षण रोकियो : उद्योगमन्त्री यादव

नेपालमा आयात हुने तरकारी एवं फलफुलमा उच्च विषादी हुने कुरा बाहिर आएपछि सरकारले विषादी परिक्षण गर्ने निर्णय गरेको थियो । उचित प्रयोगशाालाको अभावमा सो निर्णय तत्काल लागु हुन नसक्दा स्थगित गरिएको थियो । यसैबीच सोमबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने

खोलामा डुबेर बालिकाको मृत्यु

कैलालीको बर्दगोरीया गाउँपालिका(३ रानीकुण्डा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय कमल विककी ५ वर्षीय छोरी यशोदा विकको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दिउँसो २ बजेतिरको समयमा गणेश शाहीकी १२ वर्षीय छोरी लक्ष्मी शाहीसँगै नदीमा नुहाउन गएको बेला यशोदाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो