भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् । उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन् ।

माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, ३ घाइते

घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा सुनकोसी गाउँपालिका–६ माख्लोटोलका २४ वर्षीया शर्मीला रम्तेलको ढिस्कोले पुरिएर मृत्यु भएकाे हाे । घटनामा परेर अरू ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया विमला रम्तेल, १८ वर्षीय बलराम

आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ । पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न थालेको नेताहरु बताउँछन् ।  कुन–कुन निर्णय परे विवादमाः विषादी परीक्षण, आइफा अवार्ड, गुठी विद्येयक, पेट्रोलियम मूल्यवृद्धि, कर्मचारीको प्रोत्साहन भत्ता खुला, बिमस्टेक सैन्य तालिम, उप्रेतीको राजदूत सिफारिस, झाको नियुक्ति, वाइडबडी जहाज छानबिन,

नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन । नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र

सत्तारुढ सांसदकै प्रश्नः ‘सरकार भारतसामु झुकेकै हो ?’

भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए । सहभागी एक सांसदका अनुसार सत्तारुढ

विषादीयुक्त तरकारी जाँच नगरिनेः दबाबमा सरकार, पूर्व निर्णय फिर्ता

सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात शुरु भएको छ । सरकारले गत असार दुई गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो

सडक योजनाका नाममा धान खेतमा चलाइएका डोजर हटाइए

काठमाडाैं । सडक योजनाका नाममा खेती नै मासिने गरी बझाङको खप्तड–छान्ना–६, पाटादेवलमा चलाइएका डोजर जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ।सिँचाइ तथा खानेपानी योजनामा समेत क्षति पुर्‍याएको भन्दै कार्यालयले शुक्रबार बिहान दुईवटा डोजरसहित उपभोक्ता समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको छ।। लम्तडा–कालुखेती–थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंह, उपाध्यक्ष भूमिराज जोशी, सचिव दण्डीराज जोशीलगायतलाई नियन्त्रणमा लिई

प्रधानमन्त्री ओलीको शैक्षिक योग्यता एसएलसी मात्रै, कुन मन्त्रीले कति पढेका छन् ?

काठमाडाैं । ओली सरकारमा पीएचडीदेखि माध्यमिक तहसम्म अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ सदस्यीय क्याबिनेटमा दुईले पिएचडी, ६ ले स्नातकोत्तर, ९ ले स्नातक, ४ ले प्रमाणपत्र तह र तीन जनाले एसएलसीसम्म अध्ययन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणी खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्रै उत्तीर्ण गरेका

अन्तत: भारतकाे दबबापछि ताजा तरकारीको विषादी परीक्षण नगरिने भयाे

काठमाडाैं । अन्तत: भारतबाट नेपालभित्रिने तरकारी एवं फलफुल विषादी जाँच नहुने भएको छ । सरकार आफैले गरेको निर्णय भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि स्थगित गरिदिएको हो । भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण नगर्ने तयारी सरकारले गरेको हो । यद्यपि परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरेको सरकारको दाबी छ ।

प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना, ‘माक्स’ बिना हिँड्नै मुश्किल

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा