भोजपुर भिडन्त : सांसदहरुले मागे गृहमन्त्री र प्रहरी महानिरीक्षकको जवाफ

भोजपुरमा भएको भिडन्त र मृत्युको विषयलाई लिएर सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा कांग्रेस सांसद डिला संग्रौलाले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण माग गर्नुभएको हो । उहाँले प्रहरीको नै मृत्यु हुने गरी भएको भिडन्तले शान्ति सुरक्षामाथि समेत प्रश्न उठेको भन्दै जवाफ दिन माग गर्नुभयो

हिन्दी फिल्म ‘कबिर सिंह’को नेपाली भर्सनमा ज्योतिस हरिहर अधिकारी कबिर बन्दै

हिन्दी फिल्म ‘कबिर सिंह’ ब्लकबस्टर हिट साबित भएको छ । यस फिल्ममा नायक साहिद कपूरको दमदार अभिनयको अहिले सर्वाधिक चर्चा भैरहेको छ । हिन्दी भर्सन सफल भएसँगै यसको नेपाली कपिराइट किनेर नेपाली भर्सनमा पनि ल्याउने तयारी भैरहेको छ । नेपाली भर्सनमा नायक तथा युवा ज्योतिष हरिहर अधिकारी कबिर सिंह बन्ने भएका छन् । जसका लागि

पति छविले कुटेपछि गुहार माग्दै प्रहरी समक्ष पुगिन् नायिका शिल्पा पोखरे

निर्देशक तथा पति छविराज ओझाबाट निरन्तर हातपात भएको भन्दै नायिका शिल्पा पोखरेल उनीबिरुद्ध उजुरी दिन प्रहरी समक्ष पुगेकी छिन् । आफ्नो ज्यू-ज्यानको सुरक्षा गराई पाउँ भन्दै प्रहरी समक्ष पुगेकी छिन् । नायिका पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका

शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु, प्रअसहित चार शिक्षक पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ। गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए। ‘यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको

भोजपुरमा विप्लवसमूह र प्रहरी बिच भिडन्त, दुई जनाको मृत्यु

भोजपुरमा बुधबार बिहान विप्लवसमूहका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । भिडन्तमा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो। थप विवरण आउन बाँकी छ । केही हप्ता अगाडि मात्र भोजपुरमा दोहोरो भिडन्त भएको थियो

झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि ‘वलात्कार’ सहयोग गर्ने काकी पनि फन्दामा

–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मङ्गलबार पक्राउ परेकी छन् । सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाएपछि नशामा लठ्ठिएकी बालिकामाथि बलात्कार गरिएको पीडितले बताएकी छिन् । यो घटनाको

विषादी जाँच्ने प्रयोगशाला ‘देखाउने दाँत’ मात्र : कतै कर्मचारी छैनन्, कतै मेसिन छैन

सरकारले तरकारी र फलफूलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार बर्षभन्दा बढी भयो। तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन्। विषादी मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ। जसका कारण भारतबाट निर्वाध रुपमा विषादी मिसिएको तरकारी र फलफू आउने गरेका छन्। नेपालकै किसानले उत्पादन गरेका तरकारी र फलफूलमा पनि

ओखलढुङ्गाको मानेभज्याङमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयाे, १९ घाइते

ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइते

आमाले भैंसी बेचेपछि छोराले आमाको ज्यान लियाे

पर्सामा एक युवकले आफूसँग सल्लाह नै नगरी घरको भैंसी बेचेको भन्दै आमाको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीमा छोराले आफ्नै आमाको हत्या गरेका हुन् । नयाँबस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा

सिरिञ्ज आक्रमणको आरोप लागेका खंगेन्द्र निर्दोष, गाउले हात जोडेर माफी मागे

सिरिञ्ज आक्रमणको झुटो आरोप लागेपछि… काठमाडौं । धुलिखेल जाने बसमा ‘सिरिञ्ज आक्रमण’ गरेको आरोप लगाउँदै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका एक ब्यक्ति निर्दोष भएको पुष्टी भएको छ । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठकलाई प्रहरीले सोमबार साँझ नै थुनामुक्त गरेको थियो । साथै मंगलबार आरोप लगाउने पक्षले