आधा दर्जन हेलिकप्टर बागलुङको पञ्चकोटमा (फोटो फिचर)

बागलुङ— बागलुङ नगरपालिका माथिको आकाशमा आज दिनभर हेलिकप्टर उडी रहे । बागलुङ नगरपालिका—८ पञ्चकोटको डाँडामा ???????????????????????????????निर्माण गरेका हेलिप्याडमा अवतरण गरेका हेलिकप्टर हेर्न भिड थियो ।
अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा धौलागिरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न १ सय ८ फिट अग्लो कलस र ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्टको शिलन्यास गर्न आधा दर्जन हेलिकप्टर चार्टर गरेर प्रधानमन्त्री, राजनीतिक दलका उच्च नेतृत्व, व्यवसायीक घराना र गैर आवासीय नेपाली यहाँ आएका थिए ।
प्रधानमन्त्री सुशील कोइराला , एमाले अध्यक्ष केपी ओली, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधी, सिंचाइ मन्त्री ???????????????????????????????एनपी साउत, कृषि मन्त्री हरि पराजुली, पूर्व मन्त्री प्रकाश शरण महत, सुजाता कोइराला, मा नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्मा, ???????????????????????????????भारतकालागि नेपाली राजदुत दीप कुमार उपाध्याय, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, व्यवसायी अजय सुमार्गी, चन्द्र ढलाल, सरकारका सचिब तथा पूर्व सचिबहरु समेत यहाँ आएका थिए । पञ्चकोटको भिरालो डाँडोमा स्काभेटरले निर्माण गरेको हेलिप्याडमा धुलो उडाउँदै हेलिकप्टर अवतरण गरेको र उडेको दृष्य हेर्नेको पनि निकै भिड थियो ।