मौसम विभागले निकाल्यो यस्तो सूचना

मुलुकमा अप्रत्यासित वर्षा गराइरहेको मनसुन न्यून चापीय रेखा पछिल्लो समय दक्षिणतिर सर्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि देशभर कम सक्रिय भइरहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ । राति पनि केही स्थानमा भारी र देशभर सामान्य वर्षा हुने स्थिति देखिएको छ ।

आगामी २४ घण्टामा देशका मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस कारणले गर्दा देशको पहाडी भू–भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया जनाउनुहोस्