बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति ८ लाख घुससहित पक्राउ

धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा धरानबाट पक्राउ परेका छन् । उनलाई अख्त्यिारको टोलीले बिहीबार घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनीसँगै डा. रामहरि रौनियार पनि पक्राउ परेका छन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु दुईजना पक्राउ परेका हुन्। रौनियारले विचौलियाको रुपमा घुस रकम लिएर उपकूलपतिलाई बुझाएका थिए ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनको नाममा घुस मागिरहेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेलगत्तै उपकूलपति रौनियार स्वतः निलम्वनमा परेका छन् । बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा रौनियारलाई गत फागुनमा पदमुक्त गरिएको थियो।

पक्राउ परेका दुवैजनालाई अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

Leave Comment

Your email address will not be published. Required fields are marked *