३ गाडी ठोक्किँदा सिन्धुलीमा १० जना घाइते

सिन्धुली / कार र माइक्रोबस ठोक्किँदा सिन्धुलीमा १० जना घाइते भएका छन् । अन्य तीनजनाको अवस्था गम्भी रहेको छ ।

सुनकोशी गाउँपालिका–६ चैनपुरमा बिहान कार र माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५ ख २२९८ नम्बरको माइक्रोबस र सिन्धुलीबाट काठमाडौंतर्फ गइरहेको बा १४ च ८५१८ नम्बरको कार एकापसमा ठोक्किएको हो ।

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जादै गरेको कारले ओभरटेक गर्दा काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ आउँदै गरेको माइक्रोबससँग ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीले नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा माइक्रोबसमा सवार ९ जना यात्रु र कारका चालक घाइते भएका छन् । घाइते सबैको सुनकोशी–६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

यस्तै, बुधबार बिहानै सुनकोशी गाउँपालिका–३ गणेशस्थाननजिकै पनि बस र माइक्रो एक आपसमा ठोक्किएका छन् । दुर्घटनाबाट गाडीमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Leave Comment

Your email address will not be published. Required fields are marked *