काठेखाेला गाउँपालिकाकाे कमी कमजाेरी सच्याउन काँग्रेसकाे माग

बागलुङ –

जिल्लाकाे काठेखाेला गाउँपालिकालाई कमी कमजोरी सच्चाउन माग गर्दे नेपाली काँग्रेसले ज्ञापन पत्र बुझाएको छ ।
काठेखोला गाउँपालिका चालु आर्थिक वर्षमा गत वर्ष भन्दा भ्रष्ट र निरङ्कुश बन्दै गएकाले तत्काल कमजोरी सच्चाइ समान व्यवहार गर्नका लागि १२ बुँदे ज्ञापनपत्र बुझाईएको हो ।
गाउँपालिका भित्रका विभिन्न सडक, वडा भवन, स्वास्थ्य चौकी लगायतका योजनामा लापरवाहि गरेको, विभिन्न तरिका बाट भएको थप बजेटमा कार्यकर्ता पालनपोषण गरेको लगायत का विषयमा नेपाली काग्रेस काँठेखोला गाउँपालिकाका सचिव यामदत्त कँडेलले ज्ञापन पत्र पढेर हस्तान्तरण गर्नु भएको थियो ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीसँग जोडिएका योजनाहरूमा वडाहरूमा भिन्नता रहेको , वडाका विभिन्न भेगबाट आएका योजनाहरूलाई गाउँपालिकामा अभिलेख राख्न र प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्न माग गरिएको छ ।
वडा नं. ६ को सुन्तला पकेट क्षेत्र योजनामा सुन्तलाका विरूवा खरिद गर्न प्राविधिक नगई जनप्रतिनिधी आफै संलग्न भएर चरम घोटला गरेको कृषकले सिधै खरिद गर्दा १०मा पाईने विरूवालाई ४० रूपैयामा खरिद गरेर चरम भ्रष्टाचार गरेको आरोप नेपाली काग्रेसले लगाएको छ ।
गाउँपालिका अध्यक्ष अम्मर बहादुर थापाले ज्ञापनपत्र बुझ्दै काँग्रेसले उठाएका विषयमा अध्ययन गरी लिखित जवाफ दिने वताउनु भएको छ ।
नेपाली काँग्रेसका महासमिति सदस्य ,एवं काठेखोला गाउँपालिका अध्यक्ष पदका उपविजेता होमबहादुर हमालले नेपाली काँग्रेस र समर्थक जनतालाई वेवास्ता गरेर प्रस्तुत भए मान्य नहुने भन्दै सवै वडामा विकासन निर्माण गर्न उत्तरदायित्व वहन गर्न समेत माग गर्नु भयो ।

प्रतिक्रिया जनाउनुहोस्