आफ्नै मन्त्रालयका सचिवले झुक्याए, त्यसैले विषादी परीक्षण रोकियो : उद्योगमन्त्री यादव

नेपालमा आयात हुने तरकारी एवं फलफुलमा उच्च विषादी हुने कुरा बाहिर आएपछि सरकारले विषादी परिक्षण गर्ने निर्णय गरेको थियो । उचित प्रयोगशाालाको अभावमा सो निर्णय तत्काल लागु हुन नसक्दा स्थगित गरिएको थियो ।

यसैबीच सोमबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको बताएका छन् । विषादी परीक्षण नगर्ने निर्णयका लागि आफ्नै मन्त्रालयका सचिवहरुले गलत सुझाव दिएर आफु डुब्न पुगेको उनले बताएका हुन् ।

आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न सचेत गराउँदै उनले सो निर्णयको जिम्मेवारी आफू लिने बताएका छन् । मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताउँदै आफूले ती विषयमा अध्ययन नगरी निर्णय लिएर गल्ती गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया जनाउनुहोस्