यसरी तोडियो एक कलाकारको भर्जिनिटी क्यानडामा ।

दिपक गौतम,
टोरोन्टो, ६ जुलाई
अस्ताउँदो घाम संगै छिपीदो गोधुली साँझ । गत हप्तान्त । खाना र चुस्किको संयोजनसंगै दर्शकमा रोमान्चकता, एक लोकपृय गायकको पर्खाइमा । धैर्यताको बाध फुट्नै लाग्दा उद्घोषकबाट चर्को स्वरमा आमन्त्रण, कल्सौदो कदका युवक दौरा शुरुवाल र ढाकाटोपीमा हल भित्र । तालिको गडगडावट । खादाले स्वागत । मन्चमा प्रबेश । बिना भुमिकामा सिधै क्लाइमेक्स । बिर्सिएर सिंगारमा गाजल लगाइनछ्यौ…..दर्शक दिर्घाबाट सिठी, हल गुन्जायमान
तिम्र्रै रुपको चर्चा चल्छ……… चर्चा चल्छ…..
गाउ बस्ती जताततै….
हल्ला चल्यो बजारमा….
गाजल लगाइनछ्यौ
……
राम्रो फुल त फुल्नै हुन्न…….फुल्नै हुन्न
आखा लाग्छ दुनियाको…..
कालो टीका निधारमा … गाजल लगाइनछ्यौ…..


दर्शकहरु आफुलाई शुरुमै क्लाइमेक्समा भेट्टाए । जसले पट्याटिलो धैर्यतालाई बिर्सायो । म पनि एक दर्शकको रुपमा आनन्दित भए । गायकले जानेर गाए वा नजानेर… बुझेर गाए वा नबुझेर, सोचेर गाए वा नसोचेर.. त्यो उनैले जानुन शुरुमै क्लाइमेक्स गीत गाए । जसले कार्यक्रमलाई थप मनोरन्जनात्मक बनायो ।
धेरैजसो कलाकारले सामान्य गीतबाट कार्यक्रम शुरु गरेर क्लाइमेक्स(हिट) गित अन्त्यमा गाउने गर्छन । तर यो पटक उनले त्यसो गरेनन क्लाइमेक्स गितको शूरुवातीले दर्शकहरु झ्वाम्मै संगीतको समुद्रमा डुब्छन, अनि त्यहिँ पौडिन थाल्छन, कतिखेर पन्ेचबाजामा त कतिखेर भजनमा कतिखेर रोइलामा त कतिखेर गजल अनि कतिखेर सालैजोमा । बीच बीचमामा वान्स मोर..गाजल लगाइनछ्यौ
फेरी गायक शुरु गर्छन… ह ह ह ह…. गाजल लगाइनछ्यौ…..
वान्स मोर गर्दा गर्दै गायक ४ पटक सम्म यो गित गाउँन बाध्य पारिन्छन । दर्शकले खुब मनोरन्जन लिन्छन् । अनलाइनमा सुनेका चर्चित गितका गायकलाई प्रत्यक्ष लाइभ प्रसारणमा पाउँदा ।
गीतको बोलबाटै तपाइँहरु गायकको अनुमान लगाइसक्नुभयो होला । क्यानडाका दर्शकमाझ आफ्नो भर्जिनिटी तोड्ने उनै गायक हुन थानेश्वर गौतम । गौतम क्यानडामा हालसम्म आएका थिएनन त्यसैले क्यानडाका लागी उनि भर्जिन गायक थिए । अव भने अवस्था त्यस्तो रहेन । बाग्लुड सेवा समाज क्यानडाले आयोजना गरको बृहद सास्कृतिक साँझमा उनको प्रत्यक्ष गायकीबाट क्यानडाका लागी थानेश्वरको भर्जिनिटी तोडिएको छ ।


टोरोन्टोस्थित प्रचलित पाटियो वंैकटहलमा आयोजित सांगितिक साँझमा गाजल लगाइनछ्यौ बोलको गितका साथै पन्चेबाजा तथा सालैजो, रोइला लगायत अन्य गीतहरु गाएर दर्शक तताएका थिए गौतमले । साथमा लोकपृय गायक बुद्दीसागर बस्यालको सहयोगले दर्शक रोमान्चमा बल पुगेको थियो । चर्चित लोक दोहारी गायीका देविका केसी र सांस्कृतिक कार्यक्रमका संयोजक हरी केसीको संचालनमा सदाबहार डान्सर रोसन केसि अनि स्विकृती खडकाको नृत्यले कार्यक्रमलाई सांगितीक माहौलमा प्रबेश गराएको थियो । त्यस्तै साना नानिहरु राजश्री आयुसा र इभान्जलीको नृत्य रोचक थियो ।


काठमान्डु रेष्टुरेन्टको स्वादिष्ट खानासंगै बागलुंड सेवा समाजले गरेका गतिविधिहरुको प्रस्तुती एवं समाजका अध्यक्ष भवि न्यौपानेको स्वागतबाट शुरुभएको कार्यक्रममा सहयोगदाता एवं प्रस्तोताहरुलाई मायाको चिनो प्रदान गर्दै थानेश्वर गौतमको दमदार प्रस्तुती, देबेन्द्र सरको क्यारिकेचर हुदै फ्लोर डान्समा सांस्कृतिक साझँ समापन भएको थियो ।
सोहि दिन दिउसो क्यानडा डे को उपलक्षमा तेस्रो नेपाल कप भलिबल संचालन भएको थियो । गत आइतबार दिउसो स्कारबोरोमा भएको भलिबल खेलमा अमेरीकाको सेराकस प्रथम, अमेरीकाकै रोचेष्टर दोस्रो र क्यानडाको हिमालयन तेस्रो बिजेता बनेका थिए । भलिबलमा प्रथम हुने टिमलाई १८ सय क्यानेडियन डलर नगद एवं ट्रफि प्रदान गरिएको थियो । त्यस्तै दोस्रो, तेस्रो र उत्कृष्ट खेलाडीलाइ एनआरएन क्यानडाका महासचिव चिरन घिमिरे एवं बाग्लुड सेवा समाजका निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गनुभएको थियो । भलिबल खेलको संयोजन याम खत्रिले गरेका थियो ।


नेपालमा गरिब तथा जेहेन्दा बिद्यार्थीलाई छात्रबृत्ती, आपतकालिन राहतकोष, भलिबल खेलको संचालन तथा प्रशिक्षण जस्ता कार्यक्रम गर्दै अगाडी बढिरहेको बाग्लुंड सेबा समाजले सांस्कृतिको संरक्षण तथा प्रबर्धनमा समेत उत्तिकै ध्यान दिएको छ । नेपालको लोकबाजा पंचेबाजा, तथा लोकभजनलाई क्यानडामा जिवन्त राख्ने संगै प्रसिद्ध गायक थानेश्वर गौतमलाई क्यानडामा निमन्त्रणा गरि बृहद सागितिक साझको आयोजना बाट यसको पुष्टी हुन्छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *