अन्तत: भारतकाे दबबापछि ताजा तरकारीको विषादी परीक्षण नगरिने भयाे

काठमाडाैं । अन्तत: भारतबाट नेपालभित्रिने तरकारी एवं फलफुल विषादी जाँच नहुने भएको छ । सरकार आफैले गरेको निर्णय भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि स्थगित गरिदिएको हो ।

भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण नगर्ने तयारी सरकारले गरेको हो । यद्यपि परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरेको सरकारको दाबी छ ।

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । तर आवश्यक मेसिनहरुको कमीका कारण नियमितता हुन सकेको थएन । जसका कारण नाकामा तरकारी एवं फलफुलका ट्रकहरु रोकिएका थिए ।

आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएका कारण विषादी परिक्षण रोकेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राविधिक तयारी नपुगेको जानकारी मन्त्रिपरिषद्लाई गराएपछि मन्त्रिपरिषद्को बैठकले यही सुझावको आधारमा निर्णय फिर्ता लिएको जनाइएको छ ।

अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने निर्णय भएको छ। तर मन्त्रिपरिषद्ले प्रयोगशाला बनाउने निर्णय गरेको छ । यसबाट केही समयपछि भने तरकारी एवं सागसब्जी परिक्षण गरेर भित्रिने अनुमान गर्न सकिन्छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *