मोहन खड्का र गंगा लोहनीको आवाजमा शंका बोलको गीत सार्वजनिक –भिडियो सहित

नेपाली गीत संगीतले यती बेला बजारमा छुट्टै तहल्का पिटि रहेको छ उस्तै कलाकार हरुपनि एक पछि एक गरेर उतिनै उत्कृष्ट गीतहरु पस्कि रहेका छन । तेस्तै पछिल्लो समय गायिका गंगा लोहनीको निकै उत्कृष्ट गीत “शंका ” सार्बजनिक भएको छ ।

गंगा लोहनीको लय शब्द तथा प्रस्तुति रहेको गीतमा दर्शक श्रोता ले निकै रुचाएका हाल बजारमा उति नै चर्चामा रहेका गायक मोहन खड्का र गंगा लोहनी ले आफैले आवाज दिएकी छिन । भने यस अघि लोहनीले आफ्नो पहिलो एल्बम “आकाशैमा जुन छ ” पस्केर दर्शक श्रोतहरुको मन मुटुमा बस्न सफल भएकी छिन् ।

कोरियालाई आफ्नो कर्म थलो बनाएर छुट्टि को समयमा बिदेशमा रहेर पनि आफ्नो थोरै समय नेपाली गीत संगीत मा दिन्छु भन्दै नेपाली गीत लाई निकै रुचाउनी गायिका हुन गंगा लोहनी उनि कोरिया मै रहेर पनि नेपाली गीत संगीत लाई निरन्तर दिने कुरा बताइन ।

म्युजिक नेपालको यूटुब च्यानल बाट सार्वजनिक गरिएको सो गीतमा गायिका लोहनीले अति नै मन छुने मार्मिक स्पर्सि शब्दहरु सिर्जना गरेकी छिन । विशुद्ध सामाजिक प्रेमकथामा आधारित र समाजमा भएका यथार्थ घटनाहरुलाई चित्रण गरिएको पाइन्छ, ‘भनिन्छ नि जहा धेरै माया हुन्छ तेहा तेतिनै धेरै शंका पनि र तेही शंका ले नै लंका पनि जलाउछ’ विश्वाश, हरेक कुराको लिमिटेसन हुनु पर्दछ हद भन्दा धेरै भयो भने त्यो हानिकारक पनि हुन् सक्छ भन्ने संदेश दिन खोजिएको छ ।

सुरेश श्रेष्ठले छायांकन गरेको सो म्युजिक भिडियो लाई प्रकाश धमलाले सम्पादन गरेका छन । पछिल्लो समयका चर्चित निर्देशक स्मृति तिमिल्सिना को निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा चर्चित मोडल आशिर प्रताप जंग र आयुष्मा कार्की को दमदार अभिनय रहेको छ ।

“न गल्ति मेरो थियो न गल्ति तिम्रो वस भगवानलाई पनि हाम्रो सम्बन्धमा मन्जुर थिएन होला सायद तेही भएर हामी बीच शंका मात्र उत्पन्न भयो “(शंका)

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Leave Comment

Your email address will not be published. Required fields are marked *