इश्वर र जुनाको आवाजमा निकै मौलिक गीत माया सलल –भिडियो सहित

बहुप्रतिभाका धनि तथा लोकप्रिय गायक, सर्जक इश्वर सिँह र लोकप्रिय गायिका जुना श्रीस मगरको आवाजमा निकै उत्कृष्ट र मौलिक गीत मया सलल भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्ना थोरै तर उत्कृष्ट सिर्जना मार्फत दर्शक स्रोताको मन जित्दै गइरहेका इश्वरको सो गीतलाई पनि हेर्ने धेरैले छोटो समयमै गीत राम्रो भएको प्रतिक्रिया दिएका छन ।

चन्द्र खत्रीको लय तथा शब्द सिर्जना रहेको सो गीतको पल्टनको लाहुरे र गाँउकी युवती विचको कथालाई निकै उत्कृष्ट रुपमा गीतमा उठाइएको छ ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ । दुर्गा पौडेलको निर्देशन रहेको सो गीतमा इश्वर र सारिका केसीको अभिनय रहेको छ । गीतलाई विष्णु शर्माले सम्पादन गरेका छन ।

सो गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस मन परे शेयर गर्नुहोस

Leave Comment

Your email address will not be published. Required fields are marked *