प्रकाश सपुतले लेख्छन् – असार ११ म जगै देखी भत्किएको दिन,म फेरि उठ्ने छु मलाइ अलिकति समय दिनुस्

गलबन्दी विवाद किनारा त लाएको छ तर यस पछि सबैले दिएका प्रतिक्रियाले माहोल भने सेलाएको छैन ।

शम्भु राइको गीतमा नाम समेत आइसकेको छ भने त्यो संगै प्रकाशले भाबुको स्टाट्स लेख्दै आफु फेरी उठ्ने बताएका छन ।

उनले लेखेका छन “२०७६ असार ११ ।आफु जगै देखि भत्किएको दिन । अलिकति समय दिनुस है । म उठाउने छु आफुलाई । ईमान को एक / एक ईटाहरु बटुलेर । उनको यो भनाइले उनि निकै दुखी रहेको प्रष्ट हुन्छ । तर बल्दै गरेको विवादको आगो निभाएर राम्रो गरेको धेरैको प्रतिक्रिया छ ।
यो पनि पढ्नुहोस ।

लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सहमति अनुसार प्रकशले गीतमा शम्भुको नाम राखीदिएका छन । कृयसनमा राइ र रिकृयसनमा आफ्नो नाम राखेको छन ।

सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।
सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।

सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *