अहिलेसम्म १५ अर्ब बढी राजश्व छली गरेको तथ्य सार्वजनिक

एकपछि अर्को गर्दै कर छली बढेका छन् । राजस्व अनुसन्धान विभागले पनि नक्कली भ्याट बिल बनाउनेदेखि कारोबार गर्नेसम्मलाई कारबाहीको दायरामा ल्याएको छ । विभागले अहिलेसम्म १५ अर्ब बढी कर छली गरेको तथ्य बाहिर ल्याएको छ ।

सानादेखि ठूला छिद्रहरु नटालिदाँ राजस्व छलीका घटनाहरु एकपछि अर्को गर्दै बढेको अर्थविद्हरुले बताएका छन् । नक्कली भ्याट बिलमार्फत कारोबार गरी राजस्व असुल्नेबिरुद्ध विभागले अनुुसन्धान थालेको छ । अनुसन्धानबाट विभागले नक्कली भ्याट बिल बनाउने एक सय र खरिद गर्ने साढे सात सय कम्पनीलाई कारबाही अघि बढाउने तयारी थालेको छ ।

विभागले उनिहरुबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको निष्कर्ष निकालेको छ । अन्य कम्पनीको समेत हिसाब जोड्दा १५ अर्ब बढि पुग्ने विभागले जनाएको छ ।

नक्कली भ्याट बिल प्रकरण

–३२ वटा मुद्दा अदातलमा दर्ता
–४० जना व्यक्ति प्रतिवादी बनाएको
–४ अर्ब ७५ करोड बराबारको बिगो दावी
–४५ कम्पनी छानबिनका क्रममा
–एक सय कम्पनीको नक्कली भ्याट बिल, ७ सय ५० ले खरिद गरे
–नक्कली बिल किन्ने ५६ वटा कम्पनीमाथि राजस्वको अनुसन्धान
– दोस्रो पटक जिल्ला अदालतमा दायर आरोपपत्रमा १७ जनामाथि २ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो माग दाबी
८ बर्षअघि भएको नक्कली भ्याट बिल प्रकरणमा साढे ६ अर्ब बराबरको कर छली भएको थियो । यसरी नक्कली भ्याट बिल खरिद गरी कर छली गर्नेहरुमा अस्पताल, जलविद्युत् कम्पनी, धेरै नाफा कमाउने ठूला कम्पनी र केही बहुराष्ट्रिय कम्पनी रहेको पुष्टि भएको छ । उद्योग वाणिज्य महासंघले त्यस्ता कम्पनीलाई कारवाही गर्न सुझाव दिएको बताएको छ ।

पछिल्लो समय नक्कली भ्याट बिललाई कमाउ धन्दा बनाउनेहरु सोझासाझा नागरिकलाई फसाएर विल बिक्रि गर्ने गरेका छन् । तर जानकार भने कर छली गर्ने व्यवसायी र कम्पनीलाई कारबाही नभएको गुनासो छ ।

कम्पनीहरुले वस्तु र सेवाको खरिद बिक्री कारोबार नगरी झूटा बिल बनाएर कर दायित्व नतिरी जालसाजी गरी राजस्व चुहावट गर्ने गरेको विभागको तर्क छ । ८ बर्ष अघि भएका कर छलीका मुद्धाहरु अदालतमा बिचाराधिन हुँदा कर छल्नेबिरुद्ध कारबाही हुनेमा आशंका भने उत्तिकै छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *