काे हुन् यी ‘टेबुले सलामी’ खाने जनप्रतिनिधि, जसलाई बाँसकाे लिंगाेमा चढाएर भाइरल बनाइँदै छ

पछिल्लाे समय फेसबुक लगायत सामाजिक सञ्जालमा जनतालाई अग्राह्य कुराकाे उछित्ताे नै काढ्नेगरी व्यंग्य/आलाेचना हुने क्रम बढ्दाे छ । यसैकाे एक उदाहरण हाे तलकाे तस्वीर, जहाँ हामी झट्ट हेर्दा देख्छाैँ- कसैलाई अग्लाे बाँसकाे टुप्पाे (लिंगाे) मा राखेर सलामी दिइरहेकाे जस्ताे ।

फाेटाेशपमा एडिट गरेर भाइरल बनाइएकाे व्यंग्य तस्वीर
वास्तवमा याे फाेटाेशप गरी बनाइएकाे व्यंग्य तस्वीर हाे, जुन तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ र हाँसाे अनि आक्राेशका पात्र बनिरहेछन् त्यसमा देखिने व्यक्ति । उनी धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपाल रहेकाे खुलेकाे छ ।

 

तत्कालीन नेकपा एमालेबाट मेयरमा विजयी भएका नेपाल हाल एकीकृत पार्टी नेकपाका नेता समेत हुन् । एक कार्यक्रममा उनी टेबुलमाथि चढेर सलामी ग्रहण गरिरहेकाे देखिन्छ भने वरिपरि हेर्नेहरुकाे भीड समेत छ । उनकाे याे फाेटाे बाहिरिएपछि व्यंग्य र आक्राेशमिश्रित प्रश्नहरु उठिरहेका छन्- के हामीले चाहेकाे गणतन्त्र यही थियाे ? पद, शानशाैकत, सम्मान र सुविधाका खातिर नेता/जनप्रतिनिधिहरु जे पनि गर्न खाेज्दा यसरी बदनाम भइरहेका छन् भन्ने याे एक उदाहरण हाे ।

केही समयअघि पिर्कामाथि सलामी लिइरहेकाे तस्वीर पनि यसैगरी सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे ।

त्यसरी ‘पिर्के सलामी’ ग्रहण गर्ने व्यक्ति थिए- ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङ । उनी पनि पूर्व एमाले नेता हुन् । राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियाेगिताका दाैरान उनलाई खेल मैदानमै सिद्धिचरण नगरपालिकाका विद्यार्थीहरुले सलामी दिएका थिए ।

यसैगरी साेही खालकाे राताे कपडा विछ्याइएकाे पिर्कामाथि नै ओखलढुंगाकै अर्का जनप्रतिनिधि पनि सलामी लिइरहेकाे फाेटाे समेत सामाजिक सञ्लालमा देखिएकाे छ । उनी हुन्- प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्का, जाे तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थिए ।

यी सबै केवल कम्युनिष्ट पार्टीका नेता भएर मात्रै चर्चामा आएका हाेइनन् हाेला, जनतासामु बाँडेका सपना/वाचा पूरा गर्नतिर भन्दा आफ्नै शानशाैकत र हैकमवादी मानसिकतामा केन्द्रित हुँदाका परिणाम हुन् भन्ने तस्वीरले प्रष्ट्याउँदैन र ?

प्रतिक्रिया जनाउनुहोस्