बाग्लुङ सेवा समाज क्यानडाको तेश्रो नेपाल क्यानडा कप भलिबल र साँगेतिक साँझ हुदै

टोरोन्टो, जुन १९ ।

बाग्लुङ सेवा समाज क्यानडाले यहि आउँदो जुन ३० गते क्यानडा डे को अवसरमा तेश्रो नेपाल क्यानडा कप भलिबल प्रतियोगिता एवम साँगेतिक साँझ आयोजना गरेको छ । सो साँगेतिक कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन नेपालबाट प्रसिद्ध गायक एवम सँगितकार थानेश्वर गौतम आउँदैछन ।

बिगत तीन बर्ष देखी क्यानडा डेको अवसर पारेर भलिबल प्रतियोगिता गर्दै आईरहेको संस्थाले यो वर्ष लोक प्रिय गायक थानेश्वर गौतमको उपस्थितिमा साँगेतिक कार्यक्रमको आयोजना गरेको हो ।

भलिबल प्रतियोगितामा क्यानडा र अमेरिका का भलिबल टिमहरु सहभागि हुनेछन । नेपाली संस्थाहरुको आयोजनामा हुने प्रतियोगिताहरु मध्ये सबै भन्दा ठुलो राशीफलको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय नगद पुरस्कार र पदकहरुको व्यबास्था गरिएको छ । प्रतियोगितामा एनआरएन क्यानडाले आर्थिक सहयोग गर्नुका साथै म्यान अफ द म्याचलाई एनआरए-क्यानडाको बिशेष पदकले सम्मानित गरिनेछ भने दुबै कार्यक्रमलाई सफल बनाउन यहाँका व्यबसायीहरुले खुला मनले सहयोग प्रदान गरेका छन ।

गायक थानेश्वर गौतम सँगितमा मास्टर्स डिग्री गरेर सँगीत क्षेत्रमा नै बिबिध बिधामा अब्बल पहिचान बनाउन सफल गायक हुन । उनको उत्तर अमेरिकामा यो पहिलो प्रस्तुती हुनेछ भने उनले लोक, आधुनिक, गजल, भजन गायनमा आफ्नो दरिलो उपस्थिती जनाएका छन ।

कार्यक्रममा गौतमका साथमा स्थानिय कलाकारहरुले आ-आफ्नो कला – नृत्य, प्रहसन एवम गायन प्रस्तुत गर्नेछन । कार्यक्रमबाट संकलित खर्च बाहेकको रकमलाई बिगत ५ बर्ष देखी संस्थाले संचालन र व्यबस्थापन गर्दै आईरहेको छात्रवृति तथा आकस्मिक कोषका लागी खर्च गरिने छ । यस कार्यक्रममा ग्रेटर टोरोन्टका संघ संस्थाहको उपस्थिति रहने छ ।

साँगेतिक कार्यक्रमको लागी टिकट धमाधम बिक्रि भैरहेका छन भने तयारी तिब्र भैरहेको कुरा संयोजक हरि केसी ले जानकारी दिएका छन भने भलिबलको तयारी पनि तिब्र रुपमा भएको भलिबल संयोजक याम खत्रीले जानकारी गराएका छन ।

प्रतिक्रिया जनाउनुहोस्