याे सरकार नाममात्रको कम्युनिस्ट हाे, जनताको लागि केही गर्दैन : मैनाली

पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनालीले दुईतिहाईकाे कम्युनिस्ट सरकार सिद्धान्तमै अन्योलमा रहेको आरोप लगाउनु भएको छ । नेकपा माले प्रदेश नं. ५ कमिटीले मंगलबार लमहीमा आयोजना गरेको बैठकमा सहभागी हुन आउनुभएको मैनालीले पत्रकारसँग कुरा गर्दै दुइ तिहाईको कम्युनिस्ट सरकार नामको मात्र भएको आराेप लगाउनुभयाे ।

सरकारले हेर्दा ठूलो तर कार्यकर्ता भरणपोषण गर्ने बजेट प्रस्तुत गरेर सांसदलाई विकासे कार्यकर्ता बनाउन खाेजेकाे आराेप लगाउँदै मैनालीले बिदेसी शक्तिको अगाडी लम्पसार पर्ने सरकार नेपाली जनतालाई नचाहिने दाबी गर्नुभयो ।

उहाँले सरकार गरिब र बेरोजगार जनताको पक्षमा काम गर्नुकाे साट्टामा महँगी बढाउँदै आफ्नो सेवा सुविधा र भत्ता अनाधिकृत रूपमा बृद्धि गर्ने तिर केन्द्रित भएको भन्दै जनताको हकहितमा सरकारले एक रति पनि काम गर्न नसकेको जिकिर गर्नुभयाे । उहाँले धर्म निरपेक्षताको नाममा क्रिश्चियन गतिविधि बढाउन सरकार नै लागि परेको आराेप लगाउँदै माैलिक धर्मसंस्कृति माथि पटकपटक हमला हुनुले पनि यसको पुष्टि हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया जनाउनुहोस्