विदेशबाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमय दर यस्तो छ

नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ २२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्ः

प्रतिक्रिया जनाउनुहोस्