पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।जिल्लाको रामनगर गाउँपालिकामा एक बालकको करेन्ट लागेर ज्यान गएको हो ।

रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको प्रहरीले जनाएको छ । टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको हो ।

प्रतिक्रिया जनाउनुहोस्