हेमराज शर्मा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तिलाई सम्मान

बागलुङ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनीति भागभण्डा गर्न नहुने बताएका छन् । बागलुङको पैयुँपाटामा रहेको हेमराज शर्मा प्रष्ठिानको छात्रवृत्ति वितरण एवं सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले समाज र समुदायको विकासका निम्ति सबै एकजुट हुनेपर्ने बताए । धौलागिरी क्षेत्रकै अग्रज समाजसेवी स्वर्गीय शर्माको तेस्रो स्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

पाण्डेले स्वर्गीय हेमराज पौडेलको योगदान धौलागिरीबासीहरुले कहिलै भुल्न नहुने बताए । राष्ट्रिय सभामा प्रमुख विपक्ष दलका नेता समेत रहेका पाण्डेले केपि ओलीको दुई तिहाईको सरकाले दब्ब देखाएको आरोप लगाए । ‘प्रधानमन्त्रीले सरकार एक्लै चलाउन खोज्नुभएको छ,’ नेता पाण्डेले भने ‘उहाँको यो दम्ब अब धेरै बेर ठिक्नेवाला छैन । काँग्रेसको सहयोग बिना कुनै पनि काम पुरा हुँदैन ।’

कार्यक्रममा धौलागिरीको वरिष्ठ समाजसेवी डाक्टर भुपेन्द्र बहादुर खड्का, गण्डकी प्रदेश सांसद ललितकला गुरुङ, नेपाली काँग्रेस बागलुङका पार्टि सभापति दिपेन्द्र बहादुर थापा, समाजसेवी डिल्ली प्रसाद शर्मा, त्रिभुवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ शर्मा, नेकपाका उमानाथ शर्मा, नेपाली काँग्रेसका सभापति चन्द्रबहादुर खत्री लगायतले स्व. हेमराज शर्मा पौडेलले धौलागिरी क्षेत्रको सामाजिक विकासका निम्ति ठुलो योगदन गरेको हुँदा उनको योगदान अहिलका पुस्ताका लागि प्रेरणाको श्रोत भएको बताए।

स्वर्गीय हेमराज पौडेले धौलागिरी क्षेत्रकै शिक्षा प्रेमी एवं समाजसेवीको रुपमा परिचित थिए । कार्यक्रममा समाजसेवी सम्मानमा म्याग्दीका वरिष्ठ अधिवत्ता एवं काँग्रेसका पुर्व सभापति भुपेन्द्र बहादुर खड्कालाई सम्मान गरिएको थियो । त्यसैगरी स्व. हेमराज शर्मा पौडेलका समकालिन सहयात्रीको रुपमा रहेर सहयोग गर्ने १६ जना समाजसेवीलाई सम्मान गरिएको छ ।

जसमा बा.न.पा. १३, पैयुँपाटा, सातविसेका पण्डित भवदत्त उपाध्याय, डण्डापानी उपाध्याय, बडहरेका नारायण प्रसाद ढकाल, सिम्लेका भवनी प्रसाद शर्मा, सल्यानका आईते सार्की, लहरेबरका शशिधर जैसी, महेश्वर आचार्य, डाँडाखेतका दुर्गादत्त रखाल, काभ्राबोटका भुमिश्वर पौडेल, घडेरीका महेश्वर रिजाल र बास्कोटका लक्ष्मीकान्त रिजाल रहेका छन ।

त्यसैगरी मुसुराबारीका खडकसिंह परियार, बा.न.पा. १४ नारायणस्थानका हरिकुमार श्रेष्ठ, देवकान्त पौडेल, बा.न.पा. १२ अमलाचौरका टुकनाथ शर्मा र खगेन्द्र पौडेललाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलले बताए ।

प्रष्ठिानले विभिन्न विद्यालय र क्याम्पसमा गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जसमा जनमत माविका किशोर लामिछाने र प्रतिक्षा रिजाल, त्रिभुवन माविका पवित्रा नेपाली, रोशन परियार रहेका छन ।
त्यस्तै धौलागिरी बहुमुखी क्याम्पसमा सर्वोकृष्ट अंकल्याउने प्रेम रिजाल, बलेवा पैयँपाटा बहुमुखी क्याम्पसबाट सर्वोकृष्ट अंकल्याउने सावित्रा शर्मालाई छात्रवृत्ति तथा

सम्मान गरिएको थियो । त्यस्तैगरी बलेवा नारायणस्थानमा रहेको गणेश माविमा अध्ययनरत तिन जना विद्यार्थीलाई प्रतिष्ठानले पढाउने जिम्मा लिएको छ ।  कार्यक्रममा त्रिभुवन माविमा अध्ययनरत अन्य १० जना विद्यार्थीलाई पोशाक समेत वितरण गरिएको छ । कार्यक्रम हेमराज प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलको अध्यक्षता, पुर्व महासचिव चुडामणि शर्मा पौडेलको स्वागत र सचिव कृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Leave Comment

Your email address will not be published. Required fields are marked *