गलकोटमा सबारी दुर्घटना हुदा १ को ज्यान गयो २ घाइते

गलकोट नगरपालिका वडा नम्वर ४ को भेडीखाल्टामा शुक्रबार राती ट्याक्सी दुर्घटना भएको छ ।

दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ भने २ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ ।

ध १ ज ५१३ नम्बरको ट्याक्सी गयराती १० बजेको समयमा दुर्घटना भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरि नायव निरिक्षिक ऋण बहादुर बैदवारले जनाकारी दिनुभयो । बैदवारका अनुसार घाईतेको उपचारको लागी मनिपाल अस्पताल पोखरा पठाइएको छ ।

हटियाबाट नुवाकेट तर्फ जादै गरेको ट्याक्सी दुर्घटना हुँदा ट्यासीमा पुर्ण रुपमा क्षती पुगेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *