राहित थापाको अभिनयमा, जीन्दगी खास (हेर्नुस पुरै भिडियो)

नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने रुपैमा पनि जादु भएका बुटबलका ब्यवसायी रोहित थापाको सानै देखिको एउटा सपना यतिवेला साकार भएको छ ।

ब्यवसायबाट अत्यन्तै सफल बनेका रोहितको जादुमय अभिनय रहेको नयाँ गीत जिन्दगी खास भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भए सँगै रोहितको कामलाई प्रशंसा गर्दै धेरैले तारिफ समेत गरेका छन ।

केहि समय पछि फिल्म खेल्ने लक्ष रहेको बताउने रोहितले यो आफ्नो पहिलो काम भएको बताउदै आगामी दिनमा गल्तीहरु सच्चाउदै उत्कृष्ट काम गर्ने प्रतिवद्धता जनाउनु भयो साथै सबैको प्रतिक्रियाले आँफुलाई हौसला समेत मिलेको बताउनु भयो ।

करण राज गीरी र अञ्जु पन्तको आवाज रहेको निकै उत्कृष्ट सो गीतमा मुक्त उदासको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

शान्न थापाको निर्देशन रहेको सो गीतमा रोहितलाई अभिनयमा सुपुष्पा भट्टले साथ दिएकी छन भने सुप्रीम पराजुलीले सम्पादन गरेका छन ।

आउनुहोस सो गीतको पुरै म्युजिक भिडियो हेरौं

प्रतिक्रिया जनाउनुहोस्