चट्याङ लागेर डडेल्धुरामा स्कुले बालिकाको मृत्यु

डडेल्धुरा -चट्याङ लागेर बुधबार बिहान डडेल्धुराको परशुराम नगरपालिका एक जनाको मृत्यु भएको छ ।

परशुराम नगरपालिकाको भागेस्वर मा बि शीर्षमा कक्षा ८ मा अध्ययनरत बर्ष १३ कि छात्रा संगीता भाटको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले छात्रा भाटको स्कुल जाने तयारी गरिरहेको बेला घरमै चट्याङ लागेर मृत्यु भएको बताए ।

प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीनजना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्।

Leave Comment

Your email address will not be published. Required fields are marked *