प्रधानमन्त्री ओलीले भने- आफ्नो देश फर्किन नसके ‘जय नेपाल’ भनेर बस्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवाशका नेपालीलाई आफ्नो देश फर्किन आव्हान गरेका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा आइतबार साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,तत्कालै फर्किन नसके देशको हितका लागि जय नेपाल भनेर कामना गर्नुस्।’

प्रधानान्त्री ओलीले मुलुकलाई समृद्धिमा लगेर आफ्नै देशमा अवशर सिर्जना नगराएसम्म युवा पलायन रोक्न नसकिने बताए।

‘विदेश आएका नेपालीलाई विकसित मुलुकका नागरिकले संवेदनहिन ठान्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब हाम्रो मुलुकलाई विदेशीहरु भिसा लिएर आउन हुरुक्क हुने खालको बनाउन तर्फ सरकार लाग्ने समेत बताए।

प्रतिक्रिया जनाउनुहोस्