धौलागिरीका कलाकारलाई सम्मान गरिने

काठमाडौं— धौलागिरी सांस्कृतिक समितिले धौलागिरीमा जन्मिएर गीत, संगीतको क्षेत्रमा राष्ट्रियस्तरमा योगदान पु¥याएका कलाकारलाई सम्मान गर्ने भएको छ । धौलागिरीबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवस्था गर्नेको पहलमा स्थापना भएको धौलागिरी सेवा समाज माताहतमा स्थापना भएको सांस्कृतिक समितिले कलाकारलाई सम्मान गर्न लागेको हो ।
समितिले धौलागिरी साधन सम्मान अवार्डबाट बागलुङका गायक जीवन शर्मा, म्याग्दीबाट खड्ग गर्बुजा, पर्वतबाट बिमलराज क्षेत्रीलाई सम्मान गर्ने निर्णय गरेको धौलागिरी सांस्कृतिक समितिका अध्यक्ष कृष्ण समीप सुवेदीले जानकारी दिए । त्यसैगरी, धौलागिरी युवा सम्मानबाट बहुचर्चित गीत सालको पात टपरी गीतका गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार बसन्त थापा र गीतकार नबराज पन्तलाई सम्मान गर्ने आयोजकले जनाएका छन् । सांगीतिक क्षेत्रमा राष्ट्रियस्तरमा योगदान पु¥याउने धौलागिरी बाहिरका एक जना कलाकारलाई धौलागिरी राष्ट्रिय सम्मान र धौलागिरीबाट थप एक जनालाई विशेष सम्मान दिने आयोजकले जनाएका छन् ।
असार १४ गते डेलिस ओपेरा ब्याङ्ग्केट बालुवाटार काठमाडौंमा आयोजना गरिएको सम्मान कार्यक्रममा हाँस्यकलाकार कलाकार मदन कृष्ण श्रेष्ठ र सङ्गीतकार शम्भुजित बास्कोटाको बिशेष आतिथ्यतामा कार्यक्रम हुने आयोजकले जनाएको छ । सम्मान कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा धौलागिरी सेवा समाजका उपाध्यक्ष केदारनाथ शर्मा, महासचिव गोविन्द शर्मा पौडेललगायतको उपस्थिती रहेको थियो ।
धान दिवसको पूर्ब सन्ध्यामा आयोजना गरेको कार्यक्रममा प्रवेश निः शुल्क रहेको र दही चिउरा खुवाइने कार्यक्रम रहेको छ । समाजले असार १४ गते दिउँसो डेलिश ओपेरा ब्याङ्क्वेट बालुलाटार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपस्थितिका लागी अनुरोध गरेको छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *