जिप दुर्घटनामा चार घाईते,एकको अबस्था गम्भीर

बागलुङको बूर्तिवाङ्गदेखि पोखराको लागि छुटेको ग १ च ५९८१ जिप पर्वतको कुश्मा नगरपालिका–८ चुवामा दुर्घटना हुँदा चार जना घाईते भएका छन्

ढोरपाटन नगरपालिकामा आएका इन्जिनियर लिएर पोखरा छुटेको जिप दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका वडा नं ६ का ३१ वर्षिय धनबहादुर कामी, सोही स्थानकी ११ की मोना बिक, पोखरा उपमहानगरपालिकाका–१७ का अभिशेष काफ्ले र ढोरपाटन नगरपालिका ९ का वर्ष ४६ का सोनाम गुरुङ घाईते भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

घाईते चालक धनबहादुरको अवस्था गम्भीर रहेको हुँदा थप उपचारको लागि फेवासिटी अस्पताल पोखरा रिफर गरिएको छ । अन्य घाईते पर्वत जिल्ला अस्पतालमा सामान्य उपचार पछि घर फर्केका छन् । जिपमा सवार ८ जना मध्ये ६ जना घाईते भएका थिए ।

ढोरपाटन नगरपालिकाले भाडामा लिएको उक्त जिप इन्जिनियर छोडनको लागि पोखरा गएको प्रमुख प्रशासकीय धनप्रसाद पोख्रेलले बताउनुभयो । तिव्र गतिको कारण जिप अनियन्त्रीत भई सडकमा पल्टेको प्रहरीले बताएको छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *