फेरी आयो सरकारलाई चुनौती दिने नयाँ गीत लाज मर्दो बनाइ छाड्यौ

रोजगारीमा लागी जापान पुगेका पर्सेली लोक गायक खेमराज पौडेलको र अमित सापकाेटाकाे“लाजमर्दो बनाई छाड्यौ नेपाली हौं भन्न बोलको गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्वजनिक भएको गीतमा गायक द्वय अमित सापकोटा र खेमराज पौडेलको स्वर रहेको छ भने लय अमित सापकोटा तथा शब्द अमित सापकोटा र खेमराज पौडेलको रहेको छ ।

देशमा भ्रष्टचार र बेतिथि बढ्दै गएको प्रति ब्याङ्यात्मक तरिकाले गीत मार्फत देशका नेताहरुलाइ असल बन्न सुझाव दिएका छन ।

उक्त गीतलाई एआर क्रियसनले बजारमा ल्याएको छ भने गीतको छायांकन जापानमा र केही दृस्य नेपालमा खिचिएको छ ।

भिडीयोलाई अमृत चापागाईले सम्पादन गरेका छन भने अमित सापकोटाले छायांकन तथा निर्देशन गरेका छन ।

गीतमा केशब पौडेल , मेघराज सापकोटा , कृष्ण खरेल र लक्ष्मण कुँवर को अभिनय रहेको छ ।

भिडियो :

प्रतिक्रिया जनाउनुहोस्