प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत१० नर्स पक्राउ

भक्तपुर-विभिन्न माग राखि आठ दिनदेखि आन्दोलनरत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत नर्सहरु आन्दोलनमा छन् ।

लामो समयदेखि कार्यरत नर्सहरुलाई स्थायी गर्नुपर्ने, सेवासुविधा बृद्धि लगायतका माग राखि दश जना नर्स अनसनमा बस्दै आएका छन् । आज बिहान प्रहरीले अनसनरत नर्सहरुलाई पक्राउ गरी हिरासत राखेको छ ।

पक्राउ परेका नर्सहरुलाई जगातीस्थित प्रहरी चौकीमा राखिएको छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *