आफ्नै पार्टीका नेताद्धारा नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी

बागलुङ-
बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेकपाका नेताद्धारा तालबन्दी गरेका छन ।
नगरपालिका भित्र चरम भष्ट्रचार, ढिला सुस्ती, व्यापक अनियमितता र लापरबाही बढदै गएको कारण आफुहरु तालबन्दी गर्न बाध्य भएको नेकपाका नेता कृष्ण पाठकले बताए ।
नगरपालिकाको गैर जिम्मेवारी पन बढनुका साथै सेवा ग्राहीले आवश्यक सेवा प्राप्त गर्न नसकेको लगायतको विषयमा नगरबासीको व्यापक असुन्तुष्टी बढिरहेको भन्दै आफ्नै पार्टीका नेताहरुले नगरप्रमुख पौडेल र कुँवरको कार्यकक्षमा ताल्चा लगाएका हुन ।
पछिल्लो समयमा नगरपालिकाले जनतालाई सेवा भन्दा पनि दुःख धेरै दिएको कारण आफुहरु यो कदम चाल्न बाध्य भएको नेता पाठकले बताए ।
नगरमा चरम लापरबाही बढेको छ, पाठकले भने, ‘सयौं विकृतिहरु नगरपालिकामा थुप्रिएका छन त्यो ढंगुरलाई सफा नगरे सम्म नगरपालिकाको अवस्था सुध्रिदैन, यो मेरो आफ्नो मात्र माग हैन यस्ता विकृति रोकिनु पर्ने जनताको माग हो । जनताका मागलाई नगरपालिकाले सम्बोधन गर्नुपर्दछ ।’ उनले आफुहरु जनताको हितका निमित्त तालबन्दी गर्न बाध्य भएका बताए ।
पाठकले जनताको नाममा आएको दश करोड बजेट नियतबस फ्रिज गरेको आरोप लगाएका छन । अर्थ मन्त्रालयबाट गत फागुन पहिलो साता पठाएको बिशेष अनुदानको बागलुङ नगरपालिकाको पैयुँपाटा भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड रूपैयाँ र थप अनुदानको ३ करोड रूपैयाँ फ्रिज बनाएको आरोप नेता पाठकले लगाएका छन् ।
३ करोड ६९ लाखसहित अन्य अनुदानको झण्डै १० करोड बजेट खर्च गर्ने संयन्त्र अभावमा फिर्ता भएको छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले फागुन २१ गते तोक लगाएको उक्त पत्र बैसाख २५ गते मात्र भेटिएपछि खर्चने प्रक्रिया थाल्नै ढिला हुने भएपछि फिर्ता जाने भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख र हाकिम साब मिलेर विकासका निमित्त आएको रकमको पत्र लुकाउनुभएको छ, पाठकले भने, ‘यहाँ जेगरे पनि हुने, सरकारले पठाएको पत्रहरु गायब गर्ने, बजेट फ्रिज बनाउने र अटेरीपन छ, भनेको सुन्दैनन् ।’ नगर प्रमुख पार्टीका नेताहरुले पटक–पटक सचेत बनाए पनि सुध्रिन नसकेको आरोप लगाए ।
तालाबन्दी बारे नगरप्रमुख पौडेलले पाठकले गरेको तालबन्दी निकृत निन्दनीय कार्यभएको बताए । उनले आफु मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ आएको कार्यक्रमकोे शिलशिलामा गलकोट नगरपालिकाको पाण्डवखानी रहेको र नगर प्रहरीलाई ताला खोल्नका लागि आदेश दिए पछि कार्यकक्ष खुलेको बताए ।
नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले दुई करोड ६८ लाखको बजेट र ७ करोड फिर्ता भएका कुरा बाहिर आएकोमा प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखाको कमजोरी भएको बताए । मोटो रकम फ्रिज भएको कुरा आएको छ । उपप्रमुख खड्काले भने, केही दिनको पहिलेको कार्यपालिका वैठकमा मेयरसाबले थाहा छैन भन्नु भएको थियो । हाकिम साबले माथि बाट आएको पत्र लेखामा दिएका छ भन्नुभएको छ, नेकपाका नेताले पाठकले भने, मेयरसाबको आग्रहमा पत्र लुकाएर राखी कार्यपालिकामा पेश नभएको भन्ने कुरा बाहिर आएको छ, त्यो कुरा यथार्थ बुझि हामी मेयर साव सँग स्पष्टीकरण माग्ने छौ ।‘ उनले नगरपालिकामा यति ठुलो बजेट आएपछि कम्तिमा कार्यपालिकामा खबर नहुनु विकास विरोधी भएको बताएका छन ।
मेयर पौडेल नेकपा गण्डकी प्रदेश सदस्य हुन् भने नेता पाठक प्रस्ताविक जिल्ला कमिटी सदस्यमा रहेका छन् । यसअघि नेकपाले नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधामा ढिला सुस्ती, कर्मचारीको व्यवस्थापनमा समस्या, कर्मचारी मेयरको नियन्त्रण बाहिर रहेको भन्दै पटक पटक सचेत गराएको थियो ।

Leave Comment

Your email address will not be published. Required fields are marked *