बागलुङ काँग्रेसको जागरण अभियान सुरु : सरकारले गरेका गलत कामको भण्डाफोर गछौं – नेता भण्डारी

बागलुङ –

नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले काँग्रेस राष्ट्रबादी शक्ती भएको बताएका छन । नेपाली काँग्रेसले शुभारम्भ गरेको जागरण अभियानको बागलुङमा शुभारम्भ गर्दै नेता भण्डारीले देशका हरेक महत्वपुर्ण कार्य काँग्रेस नेतृत्वमा भएका कारण देशको बारेमा काँग्रेसलाई बाहेक अरुलाई चिन्ता नभएको बताएका छन ।
जागरण अभियानका लागि एक महिना बस्नेगरी बागलुङ आएका भण्डारीले काँग्रेसमा निति र सिद्धान्तमा मतभेद नभएको बताए । उनले जागरण अभियान मार्फत काँग्रेस गाउँगाउँ र टोलटालमा पुगी सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने बताए ।
विगतमा नेता तथा कार्यकर्ताले बाटो विराएको भए पनि आउँदा दिनहरुमा सच्चिए जान आम कार्यकर्तालाई आग्रह गरे ।
पुर्व वन मन्त्री समेत रहेका नेता भण्डारीले काँग्रेसले ल्याएको परिवर्तनलाई कम्युनिष्टहरु रजाई चलेको आरोप लगाए । हामीले हरेक आन्दोलनको नेतृत्व गर्रौ, ‘मुलुकमा लोकतन्त्र गणतन्त्रको स्थापना गरौं नेता भण्डारीले भने, अहिले कम्युनिष्टहरु हामीले गरेको भन्दै हिड्छन । उनले सरकारले दिनका दिन जनविरोधी काम गरेको आरोप लगाए । सरकार काम भन्दा पनि गफ धेरै गरको छ भण्डारीले भने, ‘प्रधानमन्त्री केपि ओली देशको प्रधानमन्त्री भन्दानी उग्र कम्युनिष्टको रुपमा प्रस्तुत भएका छन । प्रधानमन्त्री ओली सरकारमा खराब सोच र अभिव्यक्तिका कारण अहङ्कारले ग्रस्त रहेका छन । ’
उनले समृद्ध नेपाल निर्माणका लागि काँग्रेसले थप अभियान थाल्ने बताए । कार्यक्रममा जिल्लाका सवै नेता कार्यकर्तालाई अभियान सफल पार्नका लागि सक्रियता पुर्वक सहभागिता जनाउन आग्रह गरेका थिए । भण्डारीले काँग्रेस केन्द्रिय समितिले जागरण अभियानको केन्द्रिय प्रतिनिधिको रुपमा बागलुङमा खटाएको छ ।

कार्यक्रमम पुर्व राज्यमन्त्री चम्पादेवी खड्काले अबको काँग्रेस बलिया काँग्रेस भएर निश्कने बताईन । उनले गाउँगाउँको अभियानले आम कार्यकर्तालाई छुट्टै जागरण सृजना हुने विश्वास व्यक्त गरिन । कार्यक्रममा निवर्तमान पार्टी सभापति प्रकाश शर्मा पौडेलले जागरण अभियानको बारेमा जानकारी दिँदै तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुने बताए । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने पौडेलले जानकारी दिए । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ । जिल्लाम पनि सवै स्थानिय तहमा पुगरे कार्यक्रम गर्ने तालिका तय भएको छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ ।

जागरण अभियानका सबै उद्घाटन कार्यक्रम र भाषण छरितो ढङ्गले सम्पन्न हुनेछन् जागरण अभियान अन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिनेछन् ।

त्यस्तै पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझावसमेत लिइने बताइएको छ । सो अवसरमा पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकाहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा कार्यक्रम गरिने बताइएको छ ।

परिमार्जित विधानमा उल्लेख भएबमोजिम पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्बन्धित तहको कार्यसमितिबीच मासिक नियमित बैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गरिनेछ ।

कार्यक्रम काँग्रेस बागलुङका पाटी सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Leave Comment

Your email address will not be published. Required fields are marked *