बिष्णु खत्रीको बिचल्ली सफलताको शिखर चड्दै,बिदेशमा रहेका नेपालीका आखा थामिएनन

भर्खर मात्र सार्बजनिक भएको गीत बिचल्लीले छोटो समयमै सबैको मन जित्दै लाखौ दर्शक बनाउन सफल भएको छ ।

जुन बेला समाजमा जातिय विभेदले जरा गाडेको थियो । गाँउ घर र सहरमा छुवाछुत ब्याप्त थियो त्यस्तो कठिन परिस्थितिमा पनि नयाँ जमाना जस्तो समाज परिर्वतनको गीत गाउने र लेख्ने विष्णु खत्रीका सुपर हिट गीतको लिष्टनै धेरै लामो छ । धौलागिरीका गौरव तथा नेपाली लोकदोहोरीका धरोहर लोकप्रिय गायक विष्णु खत्रीको अर्को सुमधुर र समाजको कहाँनीमा आधारीत गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

करिव १७ मिनेटको उनको पछिल्लो गीत कतिबेला सकिन्छ कसैलाई थाहानै हुँदैन । यो कसैलाई पनि गीत लाग्दैन यो त केवल तपाइहाम्रो आँखा अगाडी भइरहेका समाजका चित्र जस्तो लाग्छ ।

खत्रीले सार्वजनिक गरेको सो गीत उनको एक दशक यताकै उत्कृष्ट गीत हो भन्दा फरक नपर्ला । सबै चट्क्कै मिलेको सो गीतमा बैदेशिक रोजगारमा गएका नेपालीहरुले भोग्ने पिडालाई कथामा बुनेको छ ।

गीतमा विष्णु खत्री,साया भण्डारी,दिलिप रेग्मी र प्रल्हाद सुवेदीको अभिनय रहेको छ भने विष्णु खत्री लाई देवी घर्तिले आवाजमा साथ दिएकी छन । गीतलाई दिलिप रेग्मीले निर्देशन गरेका छन ।

पछिल्लो समय सबैको रोजाइमा परेका सम्पादक सुजन शाहीले गीतमा अत्यन्तै मेहनत गरेर सम्पादन गरेका छन । सुजन पछिल्लो समय निकै ब्यस्त सम्पादक भित्र पर्दछन भने उनको कामको सबैले प्रशंसा समेत गर्ने गर्दछन । थोरै र गुणस्तरिय काम गर्ने सुजनले गीतमा अत्यन्तै राम्रो सम्पादन गरेका छन ।

अब हेरौं सो गीतको पुरै म्युजिक भिडियो

Leave Comment

Your email address will not be published. Required fields are marked *