आगोमा जलेर बागलुङको निसीखोलामा १ बालकको ज्यान गयो

बागलुङको निसीखोला गाउापालिका २ छरछरे स्थित एक गोठमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

शनिबार बिहान करिव १० बजेतिर जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दा बिमल सुनारको गोठमा आगलागी हुँदा बिमलको ३ वर्षीय छोरा विशाल सुनारको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय झिवाखोला का हवल्दार शालिकराम भुषालले जानकारी दिनुभयो ।

बिमल काठमाडौ गएको र आमा तरकारी टिप्न बारीमा गएका बेला बिशालका ५ बर्षिय दाईले गोठको माथिललो तलामा लगेर आगो सल्काउँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगो लागेपछि ५ बर्षिय दाई भाग्न सफल भएको तर ३ बर्षिय भाई बिशाल भाग्न नसक्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । आगलागीका कारण गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ भने स्थानिय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट गोठमा भएको काठ दाउरा, घाँस पराल लगाएतका समाग्री पुर्ण रुपमा जलेर ३ लाख बराबरको क्षती भएको हवल्दार भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहोस्