कार्यकर्ता अरिंगाल बन्न नमानेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएः उपसभापति निधि

मुख्य बिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले बिपक्षी दलहरुतर्फ लक्षित गर्दै व्यक्त गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

सोमवार पार्टी मुख्यालय आयोजित पत्रकार सम्मेलनमा कांग्रेस कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको भनाईप्रति आपत्ति जनाउँदै भने‘ त्यसप्रति हामी घोर भन्र्सना गर्दछौं।’
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले प्रतिपक्षी कांग्रेसप्रति संकेत गर्दै ‘नन्दी–भृंगी भेला भएर आन्दोलन गर्छौ भनेछन्’ भनेका थिए।

उनले बुढाबुढीले सुन्ने गरी सरकार ढाल्ने आन्दोलन गर्छु भने लठ्ठी लगाउने र केटाकेटी छेउमा भने ढुंगा हान्ने तर्क गरेका थिए। उपसभापति निधिले प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेपछि केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप लगाए।

पत्रकार सम्मेलनमा प्रबक्ता बिश्वप्रका शर्माले प्रधानमन्त्रीको बोलीले बालबालिका ढुंगा हान्न सिक्ने र बिग्रिने भएपछि अभिभावकले टीभी बन्द गर्नुपर्ने प्रवक्ता शर्माले बताए। उनले भने, ‘अभिभावकले टेलिभिजन बन्द गर्ने अवस्था नआओस्।’

उनले ओलीले आइतबार देशका नाममा गरेको सम्बोधनलाई जनता झुक्याउने झूटको पुलिन्दा भएको टिप्पणी गरे। कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे।

प्रतिक्रिया जनाउनुहोस्