गलकाेटकाे बाढि प्रभावित क्षेत्रमा सांसद कंडेल र स्थानिय जनप्रतिनिधिको स्थलगत अनुगमन

बागलुङ- बागलुङको गलकोटमा आइतबार आएको भिषण वर्षाका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेका छ । आईतबार दिउँसो २ बजेबाट परेको भिषण असिना पानीले स्थानियलाई त्रसित र आतंकित बनाएको थियो । भिषण पानि परेपछि आएको बाढिले दुदिलाभाटी, नरेठाँटी, हरिचौरको मजुवा र हटिया क्षेत्रको खेत बगाउनुका साथै खोला आसपासका बस्तीहरुमा जोखिम ल्याएका छ । उक्त क्षेत्रको गण्डकी प्रदेश सांसद एवं नेपाली काँग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कंडेल, गलकोट नगरपालिकाका मेयर  भरत शर्मा गैरे उप मेयर रेणुका काउचा र अन्य जनप्रतिनिधि, काँग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतम, जिल्ला दैविक प्रकोप उद्धार समितिकाका पदाधिकारी लगायतले स्थलगत अनुगमन गरेका छन । साथै गल्कोट नगर कार्यपालिकाको कार्यालयले आकस्मिक बैठक बाेलाएकाे थियाे । तत पश्चात क्षतिको पुर्ण विवरण ल्याउन तथा आवश्यक राहत प्रदान गर्नका लागि अनुगमन गर्न कार्यविभाजन समेत गर्ने बताईएको छ ।
नगरपालिकाले जनप्रतिनिधिहरुलाई नै हरेक क्षेत्रको अवस्था बुझन पठाएको छ । प्रदेश सभा सांसद  कँडेलको नेतृत्वमा दुदिलाभाटी स्थित थलिङ क्षेत्रको स्थलगत अवलोकन गर्ने, उप–प्रमुख रेणुका काउचाको नेतृत्वमा भण्डारबन ज्यामिरे, गलकोट नगरपालिका–१ का वडा अध्यक्ष नेत्र बुढाथोकीको नेतृत्वमा टोड्के क्षेत्रको क्षति बारे जानकारी लिने बताइएको छ । बाढीका कारण गलकोट नगरपालिकासंग जोड्ने र बागलुङ सदरमुकाम आउने मोटरबाटो अवरुद्ध भएका छन् । बाटो अवरुद्ध भएपछि कृषि उपजहरु आयात निर्यात गर्न एवं यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्या भएको छ ।
बाढिले गौधिखोला आसपासका क्षेत्र जोखिमामा परेका छन् । गलकोट नगरपालिका वडा नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामग्री लगायतका सामग्री बगाएको छ । गलकोट नगरपालिका वडा नम्बर २ मा पर्ने पुष्पलाल मध्यपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतहसम्म बाढि आएको थियो ।

दुदिलाभाटीका कर्णबहादुर श्रीषको फार्ममा रहेका १६ वटा बंगुर बाढीले बगाएको छ । गौदीखोला प्रथम र दोस्रो जलविद्युत परियोजनाको मुहानमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
विद्युतको पोल बगाउदा दुदिलाभाटीमा केन्द्रीय प्रशारण लाईन बन्द भएको स्थानीयबासीले बताएका छन् । विद्युत नभएपछि दैनिक कामकाज ठप्प भएको बताइएको छ । गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको खानेपानी मुहानमा समेतमा क्षति पु¥याएको छ । गलकोट नगरपालिकाको दुदिलाभाटि, नरेठाँटी, हटिया, हरिचौर मजुवा लगाएतका स्थानमा असिना सहित वर्षाहुँदा गलकोट नगरपालिकाको अन्य क्षेत्रमा आशिंक वर्षा भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्