प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी

न्यायपरिषद्ले सर्वोच्च अदालतमा गरेको न्यायाधीश सिफारिस न्यायालयको मर्मविपरीत रहेको भन्दै संघीय संसद्को सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन्। ती उजुरी विशेषगरी प्रस्तावित न्यायाधीश मनोज शर्मा र प्रकाशकुमार ढुंगानाविरुद्ध छन्।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चका न्यायाधीश सिफारिसमा संविधानले गरेको व्यवस्था, न्यायपरिषद्ले खेल्नुपर्ने भूमिका, न्यायाधीश नियुक्तिमा परिषदको उत्तरदायित्वलगायत बुँदा समावेश गरेर ७ पृष्ठ लामो उजुरी दर्ता गरेका छन्। उनले उजुरीमा विशेषगरी शर्माबारे उल्लेख गरेका छन्। ‘सुनुवाइसम्म पर्खनुहोस्, सबै कुरा बाहिर आउँछ,’ थापाले भने, ‘यसअघिका उजुरी बेनामे हुन्थे, मैले नाम र मोबाइल नम्बरसहित उजुरीमा उल्लेख गरेको छु।’

ढुंगानाविरुद्ध पनि उजुरी दर्ता भएको छ। ‘उजुरीबारे भन्न मिल्दैन,’ समितिका एक कर्मचारीले भने, ‘दर्ता गर्ने म्याद अझै छ, सार्वजनिक नगरौं।’ उजुरी दर्ता गराउन वैशाख २ सम्म समयसीमा तोकिएको छ। उजुरीमाथि वैशाख ३ गते छलफल हुनेछ। यस पटकको सिफारिसमा सबभन्दा विवादित मनोज शर्मा देखिएका छन्। उनी पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन्।

शर्मा प्रधानन्यायाधीश भएका बेला उनी फुनरावेदनको अतिरिक्त न्यायाधीश नियुत्त भएका थिए। पछि ऊच्च अदालत गठनका क्रममा अतिरित्त न्यायाधीशहरू पदमुक्त हुँदा उनी फालिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शपथग्रहण समारोहमा पुगेका शर्माले त्यसपछि लगातार बालुवाटारस्थित प्रधानन्यायाधीश निवास र कानुनी पृष्ठभूमिका केही नेकपा निकट नेतासँग हिमचिम बढाएको एक अधिवक्ताले आरोप लगाए।

न्यायाधीश विवेक पुर्‍याएर स्वतन्त्र फैसला गर्ने पद भए पनि शर्मा आफैं स्वतन्त्र नभएको उनले जनाए। ‘म रेगुलर २२ वर्ष न्यायालयमा छु तर शर्माजी कहिल्यै इजलासमा देखिएका छैनन्, अब उनीबाट हामीले कस्तो न्यायसम्पादनको आशा गरौंला ?’ ती अधिवक्ताले भने, ‘सिफारिस गर्ने र नियुक्ति गर्नेले जानुन्।’ कान्तिपुरमा खबर छ। कान्तिपुरमा खबर छ।

प्रतिक्रिया जनाउनुहोस्