अन्तराष्ट्रिय स्क्रायाबल प्रतियोगितामा गणेश माविका विराट सापकोटा प्रथम

बागलुङ –
बंगलादेशमा भएको प्रथम अन्तराष्ट्रिय स्क्रायाबल च्याम्पियन सिप प्रतियोगितामा बागलुङको गणेश माविका बिराट सापकोटा प्रथम भएका छन । गत आईतबार बंगलादेशमा भएको प्रतियोगितामा नेपाल र बंगलादेशका ७६ जना प्रतियोगिलाई पछि पादैं सापकोटा प्रथम भएका हुन । प्रतियोगितामा नेपाल बाट १० जना विद्यार्थी सहभागी भएका थिए ।

सापकोटा बागलुङ नगरपालिका १३ पैयुँपाटामा आफ्नो मामाघर बस्दै स्थानिय गणेश माविको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन । प्रतियोगितामा दोस्रो स्थान बेलायतकै मस्तिक र तेस्रो स्थान पर्वतको नमुना आवासिय माविका निरञ्जन पौडेलले हासिल गरेका थिए भने चौथो नेपालकै अस्मिन काप्लेले हाता पारेका थिए ।

प्रतियोगितामा बिजेताहरले मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । खेलमा एक पटकमा चार जना सहभागी हुने र बोर्डमा बसरे वर्ड मिलाएमा क्रमश नम्बर बढदै जाने प्रथम स्थान हासिल गरेका सापकोटाले बताए । चैत्र २२ गते नेपाल बाट बंगलादेश प्रस्थान गरेका सापकोटा मंगलबार मात्रै नेपाल फर्केका छन ।

सापकोटालाई विद्यालयले बधाई तथा सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । प्रतियोगिता जिते सँगै सामुदायिक विद्यालयमा अध्ययन गर्नेे विद्यार्थीहरु पनि निजी विद्यालयमा अध्ययन गर्ने भन्दा कम हुँदैनन भन्ने पुष्टी भएको छ ।

प्रतिक्रिया जनाउनुहोस्