पिँडालु टप फाइभ भित्र प्रवेश,आक्रामक दर्शक बनाउदै गीत भाइरल

लोकप्रिय गायक तेजश रेग्मीको लय तथा शब्द सिर्जनामा तेजश र विष्णु माझीको आवाजमा नयाँ गीत पिँडालु सार्वजनिक भएको छोटो समयमै सुपर हिट भएको छ । गीतले उत्कृष्टको सूचिमा आँउदै 4 लाख ५० हजार भन्दा धेरै दर्शक बनाउन समेत सफल भएको छ ।

लोकप्रिय गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा, तेजश रेग्मी र भद्रगोलकी रक्षा श्रेष्ठको अभिनय गरेको सो गीत अझ विशेष बनेको छ । टिकटक लगाएत सामाजिक सञ्जालमा समेत गीतको चर्को प्रशंसा भएको छ ।

सो गीतमा आधा लाख पारिश्रमीक लिएर विश्वकर्माले अभिनय गरेको स्रोतको दावी छ । लोकप्रिय निर्देशक शिव विकले निर्देशन गरेको सो गीतमा कुलेन्द्र विश्वकर्मा र तेजश रेग्मी र रक्षाले गीतमा निकै मन छुने अभिनय देश्न सकिन्छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कष्ट रहेको छ भने गीत टिकटक लगायतका सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

गीतमा तेजश रेग्मीको लय तथा शब्द सिर्जना रहेको छ भने इनाक्क्षी इन्टरटेन्डमेन्डले बजार ब्यवस्थापन गरेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक रेग्मीले सबैले मन पराउनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

आफुहरुले गीतमा राम्रो गर्ने प्रयास गरेको बताउदै मोडल तथा गायक कुलेन्द्र विश्वकर्माले गीतलाई धेरैले माया गर्नेमा ढुक्क रहेको बताउनु भयो ।

अब हेरौं सो गीतको पुरै भिडियो ।

प्रतिक्रिया जनाउनुहोस्