रसाइलीको सबै तलबभत्ता समाज सेवामा, विरामीलाई सघाउन स्टेचर प्रदान

बागलुङ–राजनीतिलाई पेशा बनाउने धेरै छन् । पद र शक्तिमा पुग्नासाथ त्यसलाई भ¥याङ बनाएर

राजनीतिबाट फाइदा लिनेको संख्या बग्रेल्ती छ । आफ्नो तलबभत्ता त के विकास निर्माणका योजनामा भ्रष्टाचार गर्ने जनप्रतिनीधिको पनि कमी छैन ।
तर, यहाँ एउटा त्यस्ता जनप्रतिनिधि छन् । जसले आफूले पाएको तलबभत्ता पनि समाज सेवामा खर्च गर्छन् । जिल्लाको जैमिनी नगरपालिका वडा नं ७ जैदीका एक जनप्रतिनिधि जो समाजका लागि उदाहरणीय पात्र बनेका छन् । जैमिनी वडा नं ७का वडा सदस्य केन्द्र रसायली आफ्नो चुनावी प्रतिवद्धता अनुसार आफूले सरकारबाट पाउने सम्पूर्ण तलबभत्ता समाज सेवामा खर्च गर्दै आएका छन् । आफू निर्वाचित भएपछि यसअघि पाएको रकम दलित विद्यालयका विद्यार्थी र विद्यालयमा विज्ञान विषयको ल्याब स्थापना गर्न सघाएका रसाइलीले यो पालीको स्वास्थ्य क्षेत्रमा सहयोग गरेका छन् ।
रसाइलीले शनिबार जिल्लाको जैदीमा एक लाख २० हजार रुपैयाँका स्टेचर हस्तान्तरण गरेका हुन् । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलागयत कांग्रेस नेताको उपस्थितीमा २० वटा स्टेचर प्रदान गरे । जैदीका २० वटा टोलमा स्टेचर वितरण गरेको रसाइलीले बताए । स्थानीय विरामी भएर स्वास्थ्य संस्था र अस्पताल लैजान सहयोग पुगोस भनेर स्टेचर प्रदान गरेको उनले बताए । ‘राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि व्यक्तिगत काममा प्रयोग गरेको छैन,’ उनले भने, ‘म सधैं गरिब र विपन्न नागरिकको साथमा रहने छु ।’

प्रतिक्रिया जनाउनुहोस्