अश्लील अन्तर्वार्ता प्रकरण : राजकुमार कुँवर र परि तामाङ कलंकीबाट पक्राउ

फुलचाेकि मिडियाका सञ्चालक प्रहरी खाेरमा पुगेका छन । अश्लील शब्द सहितको मस्ति टक टाइम नामक कार्यक्रम उत्पादन गरेर अश्लीलता फैल्याएकाे आराेपमा फुलचाेकि मिडियाका सञ्चालक राजकुमार कुँवरलाई प्रहरीले पक्राउ गरेको हाे । अश्लिल संवाद र द्विअर्थी प्रश्न सहितको युट्युब कार्यक्रम उत्पादन र सञ्चालन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौंले कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौँडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दाचलाउने तयारी भइरहेको बताए ।

उनले भने, ‘अश्लिल संवादमार्फत समाजमा अश्लिलता फैलाएकै कारण उनीहरु पक्राउ परेका हुन् ।’फुलचोकी मिडिया हाउस प्रा‌लिको नाममा उत्पादित उक्त कार्यक्रममा मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको अन्तर्वार्ता गरिन्छ । जसमा कार्यक्रम प्रस्तोताले अश्लिल प्रश्नहरु त सोध्छन्, निजी जीवनसँग सम्बन्धित यौनजन्य जिज्ञासा पनि सोध्छन् ।

Leave Comment

Your email address will not be published. Required fields are marked *