आज फेरि सुनको मूल्य घट्यो

काठमाडौँ । सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार १ सय ८५ रुपैयाँ, तेजावी सुन ५० हजार ९ सय ३० रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ ।

प्रतिक्रिया जनाउनुहोस्