सञ्चार क्षेत्रमा तहल्का पिटेकी मुना अर्यालको लोकदोहोरीमा दमदार इन्ट्रि


लोकप्रिय सञ्चारकर्मी तथा नव गायिका मुना अर्यालको आवाज पहिलो कोशेली पागल हुने गराउछु भर्खर मात्र सार्वजनिक भएको छ ।

लोकप्रिय गायक विष्णु खत्री र मुनाको आवाज रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने गीतले माया प्रेममा विछोडीयका प्रेमीको कथालाई उठाएको छ ।

सञ्चार क्षेत्रमा सबैको माया पाएकी मुनाले गीत संगीतको आफ्नो यात्रामा पनि सबैले साथ दिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतलाई सुनिले केसीले शब्द सिर्जना गरेका छन भने गणेश अधिकारीले लय सिर्जना गरेका छन । विपेश घिमिरेको निर्देशन रहेको सो गीतमा विपेश घिमिरे,आशा खड्का,अनुमति नेपाली र सुरेश कौशलको अभिनय रहेको छ भने गीतलाई शुभारम्भ डिजिटलले बजार ब्यवस्थापन गरेका छ ।

प्रतिक्रिया जनाउनुहोस्