सालको पात पछि कुलेन्द्र विश्वकर्माको अर्को बेजोड गीत,तेजेन र शंकर मिलेर सबैलाई रुवाए

सालको पात सुपर हिट भए सँगै लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा अहिले चर्चामा रहेका छन भने उनले गायका प्राय सबै जसो गीत स्रोता दर्शकको रोजाइमा पर्न थालेका छन ।

विश्वकर्मालेनै आवाज दिएको नयाँ गीत रुदै रुदै बसे बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेममा विछोड भएका प्रेमीहरुको कथालाई गीतले विषयबस्तु बनाएको छ भने गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा कुलेन्द्र विश्वकर्मा र अन्जु बुडासैनीले आवाज दिएका छन ।

गीतलाई शंकर शर्मा,तेजेन मल्ल र रिम खत्री मिलेर बनाएका हुन । गीतको म्युजिक भिडियो निर्देशन बविता श्रेष्ठले गरेकी छन भने गीतमा बुद्धविर थापा र सगुन शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस सो गीतको पुरै म्युजिक भिडियो

प्रतिक्रिया जनाउनुहोस्