नवलपरासीको जिल्ला वन कार्यालय अगाडि बम विष्फोट

नवलपरासीको जिल्ला वन कार्यालय अगाडि बम विष्फोट भएको छ।

बिहीबार मध्यान्ह साढे १२ बजेतिर कावासोती नगरपालिका–८ मा रहेको जिल्ला वन कार्यालय अगाडि बम विष्फोट भएको हो। बम विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। बम विष्फोटको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार नेपाल बन्दको आह्वान गरेको छ। बन्दका कारण पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ। सरकारले ध्वंसात्मक गतिविधि बढाएको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया जनाउनुहोस्