यो कस्तो समाज हो ? रगत चल्ने पानी नचल्ने ? उत्तर खोजीरहेका छन लोकप्रिय गायक भागिरथ र विष्णु

केहि दिन अघि मात्र सार्वजनिक भएको भागिरथ चलाउने र विष्णु माझीको आवाजको नयाँ गीत जाँउला बरिलैले आक्रामक दर्शक बनाउदै गीतले छोटो समयमै १ लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । गीतले उत्कृष्ट प्रतिक्रिया सहित दर्शकको मन जितिरहेको छ ।

कतिपय गीतहरु यस्ता हुन्छन् जुन गीतको लागी जति शब्द खर्च गर्न खोजे पनि निकै कमि हुन्छ । त्यस माथी विष्णु माझी र भागिरथ चलाउनेको आवाज भए पछि गीत उत्कृष्ट बन्नेनै भयो ।

भर्खर मात्र सार्वजनिक भएको गीत जाँउदा बरिलैको कुरा हामीले गरिरहेका छौं । सम्भवत यो बर्ष सार्वजनिक भएको दश उत्कृष्ट गीतहरु मध्य एउटा यो पनि हो ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतमा विष्णु माझी र भागीरथ चलाउनेको आवाज रहेको छ भने गीतलाई सन्तोष विसी र भिम लामाले मुटु छुने शब्द सिर्जना गरेका छन भने भागीरथ चलाउनेको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोका पक्ष पनि निकै उत्कृष्ट रहेको छ । कथाबस्तुमा आधारीत यो गितमा देवेन्द्र बब्लु,रुविन अधिकारी,कल्याण कार्की,जुना कार्की र हरिडे कार्कीको अभिनय रहेको छ भने गीतको एक्सन कट भने प्रविण भट्टले गरेका छन ।

Leave Comment

Your email address will not be published. Required fields are marked *