गुल्मीमा खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक पालिकालाई ४० लाख

काठमाडौं – परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप ज्ञवालीको पहलमा खरको छाना विस्थापित गर्ने अभियानका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र अन्तर्गतका ७ वटा गाउँपालिका र नगरपालिकालाई ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो ।

चुनावको समयमा गरेको प्रतिवद्धता कार्यान्वयनका लागि शहरी विकास मन्त्रालयमार्फत १ करोड ४० लाख रुपैयाँ विनियोजन भएको मन्त्री ज्ञवालीका प्रेस संयोजक सुधन ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । यो वर्ष प्रत्येक गाउँपालिकाका ४० घरलाई ५० हजार रुपैयाँ अनुदान दिइने छ ।

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत रुरु, छत्रकोट, दरबार, कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिका पर्छन्

प्रतिक्रिया जनाउनुहोस्