डान्स क्वीन सम्झना बुढाथोकीको नयाँ गीत आयो,तेजशको दाह्रीले तनाव दियो सम्झनालाई

नेपाली गीत संगीतका धेरै विद्याहरु छन । चार्डपर्व मात्र होइन समयक्रम अनुसार फरक फरक गीतहरु सार्वजनिक भइरहेका छन । बाघ र फागुन महिना विहे हुने महिना अर्थात लगनको महिना पनि हो । यसै अबसरलाई मध्यनजर गरेर कलाकाहरुले नयाँ गीत सार्वजनिक गरेका छन ।

लामो समय नेपाली गीत संगीतमा आफ्नो अदभुत नृत्य प्रस्तुत गरेकी सम्झना बुढाथोकीले यो गीतबाट कम ब्याक गरेकी छन । गीतका शब्द उनी सँग मिल्न गएको हुनले पनि उनी गीतमा आएको हुन सक्ने अनुमान हामीले लगाएका छौं ।

लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मीको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको नयाँ गीत दाह्री जुंगालेमा कृष्ण भट्टराई र सम्झना भण्डारीको आवाज रहेको छ भने गीतमा तेजश रेग्मी र सम्झना बुढाथोकीलाई देख्न सकिन्छ साथै भिडियोमा यादव देवकोटाकेशव सापकोटा र निर्मला पौडेलको पनि विशेष भुमिका रहेको छ ।

उमेरको विषयलाई लिएर कथा तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै राम्रो रहेको छ भने गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ । गीतलाई एस.थ्रिके इन्टरटेन्डमेन्टले बजार ब्यवस्थापन गरेको छ ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो

Leave Comment

Your email address will not be published. Required fields are marked *