पुश्कल शर्माको गीतमा उनका फ्यानले गरे दमदार अभिनय,सार्वजनिक भयो ट्रेलर


दलित र कालो दिनको चर्चा सेलाउन नपाउदै लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको नयाँ गीतको प्रोमो सार्वजनिक भएको छ ।

उत्कृष्ट गीतहरु स्रोता दर्शकलाई दिँदै आएका गायक तथा सर्जक शर्माका सबै गीतले दर्शकको मन जित्न सफल भइरहेका बेला यो गीतले पनि सफलता पाउनेमा हामी आशावादी रहेका छौं ।

हास्नु तिमी बोलको सो गीतमा संगीता गैरेको लय तथा शब्द सिर्जना रहेको छ भने गीतमा पुश्कल शर्मा,पुर्णकला विसी र विष्णु आले मगरको आवाज रहेको छ ।

गीतलाई काजीश श्रेष्ठले निर्देशन गरेका छन भने सारिका केसी र गोपाल लोकप्रेमीको अभिनय रहेको छ ।
गीतमा उनका फ्यानले दमदार अभिनय गरेको शर्माले हामीलाइ बताउनु भयो ।

प्रतिक्रिया जनाउनुहोस्