मातृसत्ता होइन समानता

शकुन्तला शर्मा-
मेरो पेटमा सात महिनाको बच्चा छ । बच्चा पेटमा खेल्न थालेको छ । आफ्नो बाबा खोजिरहेको अनुभूति हुन्छ तर उसको बाबा अहिले हामीसँग हुनुहुन्न । हाम्रो पेम विवाह भएको हो । शुरु शुरुमा त राम्रै भयो । पछिपछि श्रीमान, सासु, ससुरा, सबैले हेला र तिरस्कार गर्न थाल्नु भयो । ६ महिना भयो, दुई वर्षकी छोरी र सात महिनाको पेटको बच्चा लिएर म माइतीमा छु । म माइतीमै बच्चा जन्माउन चाहन्न घरमा बस्न चाहन्छु तर मैले न्याय पाइन ।

श्रीमान जापानबाट आउनु भयो र अर्को विवाह गर्नु भयो । मैले बहुबिवाहको उजुरी गर्न चाहन्थे । माइती, छरछिमेकी सबैले मलाई रोके । मैले पनि छोराछोरीको मुख हेरे । उनीहरुको बाबालाई जेल पठाउदा भोली के भन्लान् भन्ने पछि लागे । छोराछोरीहरुको पढाई खर्चका लागि श्रीमानले पैसा पठाउन र ससुरा बुबाले मलाई मासिक रुपमा खर्च दिने सहमतिमा प्रहरी प्रशासनमा हामीले मिलापत्र ग¥यौं । श्रीमान अर्की श्रीमती लिएर फेरी जापान जानु भयो । शर्त अनुसार चार महिना जति छोराछोरीहरुको पढाई खर्च आयो । अहिले पाँच वर्ष भयो खर्च आउन छोड्यो । छोराछोरीहरुले पढाइ पनि छोडे । अब म न्याय खोज्न कहाँ जाने ?

११ वर्षीय छोरी स्कूलबाट फर्किदा बाटोमा बलत्कारमा परिन् । अपराधी पनि पक्डियो तर प्रमाण पुगेन भनेर छुटाइयो । अहिले मलाई धम्की दिदै शानसित गाउँघरमा डुलिरहन्छ । मलाई गाउँ छोडेर बसाई सर्न मन छ तर जाने ठाउँ छैन । यी त प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा हत्या, हिंसा र बलत्कारका घट्नाहरु बढ्दै गइरहेका छन् भनिन्छ अज्ञानताका कारण हिंसा हुन्छ, अभाव र गरिबीका कारण हिंसा हुन्छ । होइन रहेछ, अहिले त सत्ता र शक्तिका आडमा हिंसा भइरहेछ । पद, पावर र पोजिसनको दुरुपयोग गरेर अपराधीलाई संरक्षण गरिरहेको छ । यसको ज्वलन्त उदाहरण हो निर्मला पन्तको हत्याकाण्ड हामी अहिले १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौ । विगतका वर्षहरुके समीक्षा गर्नू वर्तमान समयमा संभावनाहरुको खोजी र चुनौतिको समाना गर्दै भविष्यका लागि कार्य योजना बनाउनु नै दिवसको सान्दर्भिकता हुन सक्छ । श्रमिक महिला दिवसको इतिहासलाई कोट्याउनु पर्दा अमेरिकाको न्युयोर्कस्थित एउटा कपडा कारखानामा काम गर्ने महिलाहरुले उचित पारिश्रमिक, आरामको व्यवस्था, महिला श्रमिकका बालबच्चाका लागि ऋजष्मिअबचभ ऋभलतभच को व्यवस्था, यौनजन्य दु्रव्र्यवहारको अन्त्य, ट्रेड युनियन अधिकारको वहाली जस्ता मागहरु राखी आन्दोलनमा उत्रिए ।

आन्दोलनले शसक्त रुप लियो । सन् १९०८ मार्च ८ का दिन जर्मनीको स्टुगार्डमा १३ राष्ट्रका महिलाहरुको उपसिस्थतिमा प्रथम अन्तराष्ट्रिय महिला सम्मेलन सम्पन्न भयो । सम्मेलनले महिलाहरुलाई उत्साह थपियो । महिला हक अधिकारका कुरा अरुका लागि पनि छलफल र वहसका विषय बन्न पुगे । सन् १९१० मार्च ८ कै दिन डेनमार्कको कोपेनहेगेनमा १७ राष्ट्रका महिलाहरुको सहभागितामा पुन दोश्रो अन्तराष्ट्रिय महिला सम्मेलन सम्पन्न भयो । यही सम्मेलनमा एउटा विद्यालयको महिला शिक्षक क्लारा जेट्किनले हरेक वर्षको ८ मार्चलाई महिला दिवसको रुपमा मनाउनु पर्ने प्रस्ताव राखिन् र सन् १९११ देखि ८ मार्चलाई संसारभरिका महिलाहरुले आफ्ना हक, अधिकार स्थापित गर्न सामुहिक आवाज बुलन्द पार्ने दिनको रुपमा पनाउन थाले ।
अन्तराष्ट्रिय तहको महिला आन्दोलनको हावाले नेपालमा पनि प्रभाव परिरहेको थियो । पितृसतात्मक संरचनामा जकडिएको र त्यसमा पनि मुलुकमा निरंकुश शासन लादिएको अवस्थामा महिलाहरु आन्दोलित हुनु त्यति सहज थिएन तै पनि स–साना झिल्का देखिन थालेका थिए । वि.सं १९७४ का दिव्यादेवी कोइरालाले “महिला समिति” नामक संस्थ स्थापना गरी महिला जागरणको शुरुवात गरेकी थिइन् । वि.सं १९९८ आषाढ २१ गतेका दिन नेपालको महिला आन्दोलनकी विराङ्गाना योगमाया देवी न्यौपानेले आफ्नो ६८ जना अनुयायी सहित जल समाधी (सामुहिक देह त्याग) गरेकी थिइन् । यो घट्नाले तत्कालिन समाजको कुरीति, कुसंस्कार र महिलाहरुलई हेरिने विभेदको दृष्ट्रिकोणलाई कडा चुनौति दियो । महिलाहरु आत्म सम्मानका साथ बाँच्न पाउनु पर्छ ।

होइन भने मृत्यु रोज्न पनि सकिन्छ भन्ने सन्देश दिइरहेको थियो । वि.सं २००४ साल श्रावण २४ गते स्व. मंगला देवी सिंहको अध्याक्षतामा बनभोज खाने बहाना बनाइ नेपाल महिला संघको स्थापना भयो । महिलाहरुको आर्थिक अधिकार, राजनैतिक अधिकार, शैक्षिक अधिकार, सामाजिक न्यायको पक्षमा काम गर्ने उद्देश्यले गठित नेपाल महिला संघ नेपालको पहिलो संगठित संस्था हो । तत्कालिन राणा विरोधी आन्दोलनमा पनि नेपाल महिला संघको ठूलो भूमिका रहेको थियो । त्यसै गरी वि.सं २००८ सालमा कामक्षा देवी बस्नेतको अध्यक्षतामा अखिल नेपाल महिला संघको स्थापना भयो ।

१०९ औं महिला दिवस मनाइरहेका हामीले धेरै उपलब्धीहरु प्राप्त गरी सकेका छौं । मुलुकमा तिनै तहका निर्वाचन सम्पन्न भएर हामी संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिक भएका छौं । नेपालको संविधान २०७२ ले महिलाका लागि फराकिलो ढंगले ढोका खोलिरहेको छ । हामीले राष्ट्रपतिको रुपमा महिला देख्न पाएका छौं । यो हाम्रो लागि गौरवको विषय हो तर पछिल्लो समयमा राष्ट्रको त्यो उच्च पदप्रति नागरिकको श्रद्धा र गौरव घटेको जस्तो देखिएको छ । कम्युनिष्ट वर्ग संघर्षको पाठशालाबाट दिक्षित महामयिम राष्ट्रपति आफ्नो सुख, सुविधा र विलासिताको जीवनशैलीतिर उन्मुख देखिनु गणतन्त्रका लागि शोभनियक कुरा होइन ।

संविधानले राष्ट्रका हरेक क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत उपस्थितिको ग्यारेन्टी गरेको छ । तर कार्यान्वयन प्रक्रियामा लागू भएको देखिदैन । वर्तमान मन्त्री मण्डलमा २२ जनामा जम्मा ३ जना महिला छन् । प्रादेशिक सरकारमा नियाल्दा सात वटा प्रदेश मध्ये एउटा पनि मुख्य मन्त्री महिला छ्रैनन् । प्रदेश नं २, ४, ५ र ६ को प्रादेशिक सरकारमा १÷१ जना महिलाको उपस्थिति रहेको छ । प्रदेश नं ७ मा २ जना महिलाको उपस्थिति छ भने प्रदेश नं १ र ३ का प्रादेशिक सरकार महिला विहिन छन् । खै कहाँ गयो एक तिहाई उपस्थितिको मर्म ? किन चुपचाप छन् सबै पार्टीका महिला नेता ? संघीय सरकारदेखि सात वटै प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार छ । महिला मुक्ति र महिला स्वतन्त्रताका कुरा गरेर नथाक्ने कम्युनिष्ट नेताहरुले महिलाहरुलाई नपत्याएकै हो त ?

मुलुकमा भ्रष्टचार बढेको छ । महंगी बढेको छ । शर्तधारणका लागि ढाड सेक्ने गरी कर लगाइएको छ । अपराधीलाई राजनैतिक संरक्षण गरिएको छ । यी सबै खाले परिवेशमा महिला दिवस मनाइरहदा हाम्रो अभियान भनेको पितृसतात्मक चिन्तनले बनेका हाम्रा संरचनालाई बदल्नु हो । पितृसतात्मक सोच कै कारण महिलाहरु आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा पछाडि पारिएका छन् । महिला र पुरुष भनेका जीवन, जगत र सृष्टिका समान साझेदार हुन् तसर्थ महिला दिवसको लक्ष्य भनेको पितृसत्ताको अन्त्य भई मातृसत्ता होइन की समानता हो । उपाध्यक्ष ल्त्ग्ऋ राष्ट्रिय महिला समिति

प्रतिक्रिया जनाउनुहोस्