जम्मुमा फेरी बम विष्फोट,बाँकी विवरण जान्नुहोस

काठमाडौं । पुलवामा भएको आत्मघाती हमलाको एक महीना पनि पुगेको छैन, तर जम्मुमा पुनः एक पटक ब्लास्ट भएको खबर सार्वजनिक भएको छ । समाचारमा उल्लेख गरिए अनुसार जम्मुको सरकारी बस स्ट्याण्डमा ग्रिनेट ब्लास्ट भएको छ, जसको कारण १८ जना घाइते भएका छन् । उक्त बसमा २८ जना सवार थिए । यसरी ब्लास्ट भइसकेपछि त्यहाँका प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।

अहिले घटनास्थललाई प्रहरी र सुरक्षाकर्मीले घेरिइसकेका छन् । प्रहरीका अनुसार जब सरकारी गाडी बस स्ट्याण्डबाट निस्कदै थियो, त्यही बेला बस भित्र ग्रिनेट बम फ्याँकिएको थियो । जानकारी अनुसार यसरी ग्रिनेट ब्लास्ट हुँदा यात्रुहरु बस भित्रै थिए ।

प्रहरीले त्यहाँ आसपासका पसलहरुमा सोधपुछ गरिरहेको छ, साथै प्रहरीले त्यहाँको सीसीटिभीको क्यामेराको फुटेज पनि चेकजाँच गरिरहेको छ । प्रहरीले ब्लास्ट भएको ठाउँबाट काँचको टुक्राहरु बरामद गरेको छ । यसरी ब्लास्ट पछि जम्मु शहरको सुरक्षामा कडा गरिएको छ ।

साथै प्रहरीले भीडभाडमा प्रहरीले आफ्नो नजर राखिरहेको छ । आरोपीहरुलाई पहिचान गरी चाँडै पक्राउ गरिने त्यहाँको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्